News Portal

किरात राई पत्रकार संघ सुनसरीद्वारा जनप्रतिनिधिलाई वाबु र बुङ उपहार

हिमालीसंचार संवाददाता
३५० पटक

धरान – किरात राई पत्रकार संघ सुनसरीले किरात राई समुदायका जनप्रतिनिधिहरुलाई वाबु (चिण्डो) र बुङ (फूल) धरान उपमहानगरपालिका धरानबाट उपहार दिन शुरु गरिएको छ।

यलेदोङ किरात नयाँ वर्ष ५०८३ को अवसरमा शुक्रबार धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई “साम्पाङ”को कार्यकक्षमा गइ वाबु र बुङ उपहार प्रदान गरेका थिए। धरान-४ का वडाध्यक्ष धनबरादुर राई र वडा नं.१८ का वडाध्यक्ष प्रवीन राईलाई किराती सौन्दर्य शास्त्रका सांस्कृतिक सामाग्री वाबु र बुङ नगरपालिकामै प्रदान गरिएको छ।

धरानका मेयर साम्पाङले किराती सौंन्दर्य शास्त्रका सास्कृतिक सामाग्री उपहार धजुरा, पेचुरी ग्रहण गर्दै विविध मौलिकतामा राष्ट्रियता रहेको र मौलिकता संरक्षण भए मात्रै राष्ट्रिय एकता रहने उल्लेख गरेका थिए। त्यस्तै हार्दिकताको लागि धरान उपमहानगरपालिका धरानका उपमेयर अइन्द्र विक्रम बेधालाई समेत वाबु, बुङ र पेचुरी उपहार प्रदान गरिएको थियो। 

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धजुरा, पेचुरी प्रदान अभियानले किराती मौलिकताबारे आउने पुस्तामा उत्सुकता जागरण हुने तथा मौलिक पहिचानको मुद्दालाई थप टेवा पुग्ने बताए ।

किरात राई पत्रकार संधका केन्द्रिय उपाध्यक्ष विशाल राई र  किरात राई पत्रकार संघ सुनसरी अध्यक्ष बसन्त राई सहितको टोलीले धजुरा, पेचुरीको महत्व दर्शाउदै हरेक शुभकार्यमा यसलाई उपयोग गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

किरात राई पत्रकार संध सुनसरीले संस्कार संस्कृति संरक्षण र सांस्कृतिक विम्वहरुको प्रचार गर्ने मुख्य उद्देश्य सहित सुनसरी जिल्ला भरिका राई समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुसँग शुभकामना साट्दै धजुरी, पेचुरी प्रदानको अभियान शुरु गरेको बताएका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...