News Portal

  • किरात राई पत्रकार संघ सुनसरीद्वारा जनप्रतिनिधिलाई वाबु र बुङ उपहार

    हिमालीसंचार संवाददाता
    ३१४ पटक

    धरान – किरात राई पत्रकार संघ सुनसरीले किरात राई समुदायका जनप्रतिनिधिहरुलाई वाबु (चिण्डो) र बुङ (फूल) धरान उपमहानगरपालिका धरानबाट उपहार दिन शुरु गरिएको छ।

    यलेदोङ किरात नयाँ वर्ष ५०८३ को अवसरमा शुक्रबार धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई “साम्पाङ”को कार्यकक्षमा गइ वाबु र बुङ उपहार प्रदान गरेका थिए। धरान-४ का वडाध्यक्ष धनबरादुर राई र वडा नं.१८ का वडाध्यक्ष प्रवीन राईलाई किराती सौन्दर्य शास्त्रका सांस्कृतिक सामाग्री वाबु र बुङ नगरपालिकामै प्रदान गरिएको छ।

    धरानका मेयर साम्पाङले किराती सौंन्दर्य शास्त्रका सास्कृतिक सामाग्री उपहार धजुरा, पेचुरी ग्रहण गर्दै विविध मौलिकतामा राष्ट्रियता रहेको र मौलिकता संरक्षण भए मात्रै राष्ट्रिय एकता रहने उल्लेख गरेका थिए। त्यस्तै हार्दिकताको लागि धरान उपमहानगरपालिका धरानका उपमेयर अइन्द्र विक्रम बेधालाई समेत वाबु, बुङ र पेचुरी उपहार प्रदान गरिएको थियो। 

    नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धजुरा, पेचुरी प्रदान अभियानले किराती मौलिकताबारे आउने पुस्तामा उत्सुकता जागरण हुने तथा मौलिक पहिचानको मुद्दालाई थप टेवा पुग्ने बताए ।

    किरात राई पत्रकार संधका केन्द्रिय उपाध्यक्ष विशाल राई र  किरात राई पत्रकार संघ सुनसरी अध्यक्ष बसन्त राई सहितको टोलीले धजुरा, पेचुरीको महत्व दर्शाउदै हरेक शुभकार्यमा यसलाई उपयोग गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

    किरात राई पत्रकार संध सुनसरीले संस्कार संस्कृति संरक्षण र सांस्कृतिक विम्वहरुको प्रचार गर्ने मुख्य उद्देश्य सहित सुनसरी जिल्ला भरिका राई समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुसँग शुभकामना साट्दै धजुरी, पेचुरी प्रदानको अभियान शुरु गरेको बताएका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...