
रबिन्द्र बराल/मोरङ – “शिक्षा आजको आवश्यकता” भन्ने मूल नाराका साथ रंगेली नगरपालिका ३ स्थित रत्न माध्यमिक विद्यालय रञ्जनीले शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका प्रमुख दिलिप कुमार अग्रवाल, विशिष्ट अतिथि उपमेयर भुमा पराजुली, वडा अध्यक्ष भरत राज प्रसाई, स्थानीय लोक बहादुर काफ्ले, तुलामा दमाई लगायतको उपस्थिति रहेको थियो।
मेयर बगडियाले भने रत्न माध्यमिक बिधालयलाई नमुना बिधालय बनाउने शिक्षा आयोगबाट उतीर्ण भएको शिक्षाकलाई पहिलो प्राथमिकता दिईने सामुदायिक बिधालयलाई कुनै पनि अभिभावकहरुले कमजोर नठान्न समेत आग्रह समेत गरेका छन।
नयाँ शैक्षिकसत्रदेखि बालविकास कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन समेत गरिने उनले बताए । अभिभावकहरुले समेत सामुदायिक बिधालयलाई नीजि बिधालय सो सरह हरेक प्रकारको काम कर्तव्य गर्दे गएमा सामुदायिक बिधालयको स्तर बढदै जानेर सामुदायिक बिधालय समेत नमुना बिधालय बनाउन ठुलो सहयोग हुने समेत अपेक्षा राखेका छन ।