
धरान/बिकास चाम्लिङ राई – राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन, नेपाल एन-प्याव्सन नगर कमिटीको आयोजनामा आयोजित अन्तर विद्यालय महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले चुमेको छ ।
आज शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२-३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८-७ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९-४, १३-२, १४-१३ र ६-१२ अंक जोडेका थिए । महिला तर्फ सियोन र पर्वत स्कुलले ३-३, ४-०, ४-२ र ७-२ अंक जोडेका थिए ।
बिजेता तथा उपबिजेता खेलाडिहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी पुरुषतर्फ धरान मेघाका योगेश राई र महिला तर्फ सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन । प्रतियोगिताका हाइ स्कोरर पुरुषतर्फ लोटस स्कुलका सावन माझी र महिला तर्फ पर्वत स्कुलका स्वेता राई घोषित भइन । सावनले प्रतियोगिता भरी तीन खेलबाट ब्यक्तिगत २५ अंक र स्वेताले २७ अंक जोडेका थिए । उनीहरुले मेडल र प्रमाण-पत्र प्राप्त गरे ।
धरान उपमहानगरपालिका शिक्षा शाखा प्रमुख शम्भुप्रसाद पाण्डेको प्रमुख अतिथ्यमा सम्पन्न समापन कार्यक्रमका बिजेता तथा उपबिजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, बिशेष अतिथि नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, सियोन स्कुलका अध्यक्ष खड्कबहादुर मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।
एन-प्याव्सनको खेलकुद सप्ताह अन्र्तगत सम्पन्न बास्केटवल प्रतियोगितामा कक्षा-१२ सम्मका महिलातर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएका थिए । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको थियो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
