News Portal

मधेश केन्द्रित बालविवाह, बहुविवाह, दाइजो प्रथा लगायतका विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
१४१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित नगरपालिकामा मधेश केन्द्रित समाजमा विद्यमान सामाजिक समस्याका रुपमा रहेको बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सीको आरोप लगायतका बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

बार्षिक कार्यक्रम अन्तर्गत मधेशमा दिनप्रतिदिन बाल विवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सिको आरोप लगायत घटनाहरु बढिरहेको बिषयमा आयोगका  सदस्य सावित्रा कुमारी शर्मा, उपसचिव ओमकार साह, अधिवक्ता रुकमणि दाहालले वालविवहा, बहुविवहा लागायतका बिषयमा सहभागीहरुलाई जानकारी समेत गराएका थिए । 

कार्यक्रमा रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, सुनिता सिटौला, देवन्ता राजवंशी, विभिन्न बिधालयका बालबालिका लगायतको सहभागीता रहेको थियो । सहभागीहरुलाई बोक्सिको आरोपसम्बन्धी कसुर भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा लिखित निवेदन वा मौखिक सूचना दिनु पर्ने, घटना भए गरेको मितिले ९० दिनभित्र उजुरी दिनु पर्ने  गर्नुपर्छ ।  

मधेशमा बोक्सिको आरोप लगाई मलमूत्र खुवाउने, नग्न पारी घुमाउने र कुटपिट गर्ने जस्ता जधन्य अपराध गर्नेलाई ५ वर्षदेखि ८ वर्ष कैद सम्म जरिवाना हुने समेत जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...