
काठमाडौं – नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मत विभाजन भर्खरै सकिएको छ । घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको थियो । विपक्षमा १०० मत परेको छ ।
विपक्षमा परेको मत नै नेपाली कांग्रेसका तर्फबाट सभामुख पदको उमेदवार रहेकी ईश्वरीदेवी न्यौपानेका लागि आउने मत हो। घिमिरेलाई सभामुखमा गरिएको प्रस्तावका पक्षमा बहुमत जुटेकाले न्यौपानेको प्रस्तावमा मत विभाजन गर्नु नपर्ने भएको छ।
आजको मत विभाजन सकेर मत सच्याउन तीन मिनेटको समय निर्धारण गरिएकोमा कसैले सच्याएनन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा २६८ सांसद मात्र उपस्थित थिए ।