News Portal

धरानमा एन-प्याव्सन महिला पुरुष बास्केटवल शुरु; पाच टिम सेमिफाइनल प्रवेश (भिडियो सहित)

विकास चाम्लिङ राई
३७६ पटक

धरान/बिकास चाम्लिङ राई – राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल एनप्याव्सनको आयोजनामा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान मेघा, धरान आदर्श, सियोन स्कुल, कार्मेल र पर्वत स्कुल सेमिफाइनल प्रवेश गरेका छन्।

एनप्याब्सनको खेलकूद सप्ताह अन्तरगत वुधवारदेखि शुरु भएको बास्केटबल प्रतियोगितामा पुरुषतर्फ धरान आदर्शले नवदयलाई, धरान आदर्शले कार्मेल स्कुललाई ३७-७, नवज्योति स्कुलले जुनियर पायनोरलाई ३७-१८ र लोटसले सियोनलाई २८-१५ अंगकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । नवदयले भने मेघा कलेजलाई वाकओभर दिएपछि मेघा सोझै सेफिफाइनल प्रवेश गरेका थिए । 

त्यस्तै, महिला तर्फ धरान आदर्शले जुनियर पायनोरलाई २५-४, सियोनले मेघालाई १५-१३, पर्वतले नवज्योतिलाई १७-१५को अंको अन्तरले पराजित गरेका थिए भने युएन स्कुलले कार्मेल स्कुललाई वाकओभर दिएका थिए । बिहिबार हुने सेमिफाइनलमा पुरुष तर्फ मेघा कलेजले धरान आदर्श र नवज्योतिले लोटस संग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ धरान आदर्शले सियोन र कार्मेलले पर्बत संघ भिड्ने छ ।

प्रतियोगिताका संयोजक एवं धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए । 

कार्यक्रममा विशेष अतिथि एनप्याब्सनका केन्द्रिय सचिव राजेन्द्र गुरुङ, प्रदेश १ कोषाध्यक्ष प्रभास राजवङ्ग्सी, अल्फाबिटाका म्यानेजिङ डाइरेक्टर सन्जिव राई, सुनसरी बास्केटबल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

महिलातर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएको प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको छ । प्रतियोगिताका विजेता तथा  उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सम्पूर्ण खेल धरान-१२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...