News Portal

  • धरानमा खैरो हिरोइन र गाजा सहित ६ जना युवा पक्राउ

    हिमालीसंचार संवाददाता
    २०४ पटक

    धरान – धरान उपमहानगरपालिका धरान वडा नं. १५ स्थित सुसन रोड बस्ने रन्सुर राई, सनोज राई र दिपक विश्वकर्मालाई खैरो हिरोईन र गाजा सहित प्रहरीले पक्राउ गरेको छ।

    त्यस्तै, धरान वडा नं. ८ बाट धनकुटा सहित भूमि गाउपालिका वडा नं. ४ खोकम बस्ने भुमिराज राई र जनमध्वज राईलाई ५ वटा पोका गाजा सहित पक्राउ गरिएको र धरान वडा नं. १३ स्थित भृकुटी मार्ग बस्ने प्रर्शुराम गुरुङलाई समेत १७ किलोग्राम गाजा सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिए। 

    धरान वडा नं. १५ सुसन रोड बस्ने रन्सुर राईले लागूऔषध खैंरो हिरोइनको कारोबार गर्दछन् भन्ने गोप्य विशेष सूचनाको आधारमा माध ३ गते राती करिब २१ः३० बजे नीजको कोठामा ३१ बर्षीय सनोज राई र २४ बर्षीय दिपक बिश्वकर्मालाई ४ ग्राम ५०० मिलिग्राम खैंरो हिरोइन र २०० सय गाजा सहित प्रहरीले नियन्त्रणमा लिएका हुन्। 

    धरान वडा नं. ८ भोटेपुल स्थित कोशी राजमार्ग सडक खण्डमा ट्राफिक चेकिङको क्रममा प्रदेश १-०२-०४१ प ४६४७ नम्बरको बजाज कम्पनीको पल्सर मोटरसाइकलमा सवार व्यक्तिलाई शंका लागि सोधपुछ गर्दा मोटरसाइकल चालक धनकुटा सहिदभुमी गाउपालिका वडा नं. ४ खोकु बस्ने २१ बर्षीय भूमिराज राई र मोटरसाइकल पछाडी सवार २१ बर्षीय जमनध्वज राईले बोकेका झोला चेकजाच गर्दा ५ पोका गाजा जम्मा ५ केजी सहित निजहरुलाई प्रहरीले नियन्त्रण लिएका छन्। 

    त्यस्तै, गत पौष २४ गते साझ करिब ०७ः३० बजेको समयमा धरान वडा नं. १३ स्थित भृकुटी मार्ग बस्ने ४९ बर्षीय पर्शुराम गुरुङलाई धरान वडा नं.१२ छाताचोक स्थित सार्वजनिक बाटोमा को २ ह १८५७ नम्बरको हरियो रंगको अटो (टेम्पो) लाई चेकजाच गर्दा टेम्पोमा २०० ग्राम गाजा फेला परी बरामात गरेको थियो। नीजको घर खानतलासी गर्दा १७ किलोग्राम गाजा प्रहरीले बरामद गरेको छ। 

    पक्राउ परेका व्यक्तिहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धन भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...