News Portal

  • धरानमा अपराधिक कार्यमा ठगी गर्दै आएकी एक महिला पक्राउ

    हिमालीसंचार संवाददाता
    ४१९ पटक

    सन्जिब कुमार राई/धरान – बलात्कार आरोपमा पुर्पक्षको लागि थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै परिवारसँग बार्गेनिङ गर्दैं हिड्ने शान्ता खड्का (पुण्यकुमारी खड्का) पक्राउ परेकी छिन् ।

    धरान -१४ विजयपुर स्थायी बसोबीस गर्दै आएकी ४७ बर्षीय शान्ता खड्का भन्ने पुण्यकुमारी खड्काले जबरजस्ती करणी सम्बन्धि कसूरमा जिल्ला अदालतको आदेशले पुर्वपक्षको लागि थुनामा गई हाल झुम्का कारागारमा रहेको अनिश चौधरीलाई मुद्धा छुटाई दिने भनी निजको श्रीमति रविना चौधरीलाई दश लाख रकम माग गरेकी थिइन्।

    धरान १७ मा डेरा गरि बस्ने एक युवा बलात्कार आरोपमा थुनामा थिए । उक्त घटनाको साक्षी बसेकी महिलासँग मिलेर खड्काले वयान फेरेर छुटाइदिने भन्दै ती युवाको श्रीमतिसँग १० लाखको बार्गेनिङ गरेकी थिइन् । उनले फोन गरेर सधैं पैसा माग्ने गरेको कारण त्यसैको तनावले आरोपित युवाकी श्रीमतिको मृत्यु भएपछि मृतक परिवारले खड्काविरुद्ध प्रहरीमा ठगी उजुरी दिएको थियो ।

    खड्काले महिला सञ्जाल धरानको नाम लिएर धरानमा विभिन्न गम्भीर प्रकृतिको घटनाहरुमा बर्गेनिङ गर्ने गरेको भन्दै महिला सञ्जालले पनि उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । महिला सञ्जालले ड्रिम ल्याण्ड होटलमा पत्रकार सम्मेलन गर्दैं खड्का आफ्नो सदस्य नभएको स्पष्ट समेत गरेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...