News Portal

धरानमा अपराधिक कार्यमा ठगी गर्दै आएकी एक महिला पक्राउ

हिमालीसंचार संवाददाता
४६२ पटक

सन्जिब कुमार राई/धरान – बलात्कार आरोपमा पुर्पक्षको लागि थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै परिवारसँग बार्गेनिङ गर्दैं हिड्ने शान्ता खड्का (पुण्यकुमारी खड्का) पक्राउ परेकी छिन् ।

धरान -१४ विजयपुर स्थायी बसोबीस गर्दै आएकी ४७ बर्षीय शान्ता खड्का भन्ने पुण्यकुमारी खड्काले जबरजस्ती करणी सम्बन्धि कसूरमा जिल्ला अदालतको आदेशले पुर्वपक्षको लागि थुनामा गई हाल झुम्का कारागारमा रहेको अनिश चौधरीलाई मुद्धा छुटाई दिने भनी निजको श्रीमति रविना चौधरीलाई दश लाख रकम माग गरेकी थिइन्।

धरान १७ मा डेरा गरि बस्ने एक युवा बलात्कार आरोपमा थुनामा थिए । उक्त घटनाको साक्षी बसेकी महिलासँग मिलेर खड्काले वयान फेरेर छुटाइदिने भन्दै ती युवाको श्रीमतिसँग १० लाखको बार्गेनिङ गरेकी थिइन् । उनले फोन गरेर सधैं पैसा माग्ने गरेको कारण त्यसैको तनावले आरोपित युवाकी श्रीमतिको मृत्यु भएपछि मृतक परिवारले खड्काविरुद्ध प्रहरीमा ठगी उजुरी दिएको थियो ।

खड्काले महिला सञ्जाल धरानको नाम लिएर धरानमा विभिन्न गम्भीर प्रकृतिको घटनाहरुमा बर्गेनिङ गर्ने गरेको भन्दै महिला सञ्जालले पनि उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । महिला सञ्जालले ड्रिम ल्याण्ड होटलमा पत्रकार सम्मेलन गर्दैं खड्का आफ्नो सदस्य नभएको स्पष्ट समेत गरेको थियो।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...