News Portal

पुर्वाञ्चलको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीद्वारा दन्तकाली, पिण्डेश्वर र वुढासुब्बा मन्दिरमा पूजा अर्चना

हिमालीसंचार संवाददाता
२१९ पटक

विजयपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह्न धरानको विजयपुर स्थित दन्तकाली भगवती मन्दिर, पिण्डेश्वर महादेव मन्दिर र बुढासुब्बा मन्दिरमा पूजा अर्चना गरेकी छन् ।

हेलिकप्टर मार्फत धरान–१३ स्थित नेपाली सैनिक बेस क्याम्पमा आर्लिएर राष्ट्रपति भण्डारी हात्तिसारको सडक, विजयपुर चोक हुदै दन्तकाली शक्तिपिठमा पहिले पुजा अर्चना गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई पिण्डेश्वर मन्दिर परिसरमा उपस्थित स्थानीय समाजसेवी अगुवाहरु तथा जनप्रतिनिधिहरुले फुलमालाले स्वागत गरेका थिए । पिण्डेश्वरमा उनको स्वागत अभिवादन लागि धरानकी पूर्व उपमेयर मञ्जु भण्डारी, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई तथा वडाध्यक्षहरु, प्राडा टंकप्रसाद न्यौपाने सहित सर्वसाधारण उपस्थित थिए ।

राष्ट्रपति भण्डारी पिण्डेश्वर पुग्ने वित्तिकै उनलाई फुलमालाले स्वागत गरिनुका साथै विजयपुरबासीको तर्फबाट प्राडा टंकप्रसाद न्यौपानेले कलात्मक मायाको चिनो हस्तान्तरण गरेका थिए । सोही अवसरमा वटुकहरुले श्वास्ति वाचन गरी राष्ट्रपतिको स्वागत अभिवादन गरेका थिए । राष्ट्रपतिले पिण्डेश्वर मन्दिर गर्भगृह स्थित शिवलिङमा पूजा अर्चना गरिन्। 

राष्ट्रपति भण्डारी ध्वजा, पताका सहित स्वागतका लागि सिंगारिएको दन्तकाली प्रवेशद्वारमा उनलाई नौ कन्याले स्वागत गरेका थिए । दन्तकाली मन्दिरमा राष्ट्रपति भण्डारीले करिब २० मिनेट पूजा अर्चना गरेकी थिइन् ।

त्यस्तै, राष्ट्रपति भण्डारीले पिण्डेश्वरबाट बुढासुब्बा मन्दिर पुगेर मन्दिर परिसरको अवलोकन गरिन् । उनले मन्दिरमा पूजा अर्चना पनि गरिन् । राष्ट्रपतिको विजयपुर धार्मिक भ्रमण कडा सुरक्षा विच भएको थियो । राष्ट्रपतिले मन्दिर परिसरमा स्वागतका लागि प्रतिक्षारत स्थानियबासीहरुको फुलगुच्छाहरु ग्रहण गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले धरानको धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन गर्ने क्रममा कुनै सम्बोधन गरिनन्। तर, उनले स्थानीसंग सामान्य कुराकानी गरेकी थिईन्। काडा सुरक्षा धेराभित्र मन्दिरको भ्रमण गरेकी उनले बुढासुब्बा मन्दिर परिसरमा सामुहिक तस्वीर खिचेनन्। बुढासुब्बा समितिले  मन्दिरको तस्वीर उपहार प्रदान गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...