News Portal

यलेदोङ ओपन महिला बास्केटवलको उपाधी धरान मेघा अलस्टारले उचाल्यो (भिडियो सहित)

बिकास चाम्लिङ राई
५६३ पटक

धरान – किराती समुदायहरुको नया वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थी्र वाइ थी्र ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को उपाधी धरान मेघा अलस्टार टिमले उचालेको छ।

फाइनलमा धरान मेघा अल स्टार टिमले विर्तामोड, झापा टिमलाई १३-३ अंककको फराकिलो अन्तरले पराजित गर्दै उपाधी माथी कब्जा जमाएको हो । उपाधी सगै धरान मेघाले नगद सात हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपबिजेता बिर्तामोडले नगद ३ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर एमभिपीको उपाधी धरान मेघा अल स्टारका डा. आशा राई घोषित भइन । उनले नगद १ हजार ५ सय रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बिजेता तथा उपबिजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि किरात राई यायोक्खा, केन्द्रिय उपाध्यक्ष दोर्पाध्वज राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

धरान बास्केटवल संघको आयोजनामा पौष २९ र ३० दुई दिने प्रतियोगितामा झापा, इलाम, मोरङ र धरानका १८ वटा टिमले सहभागिता जनाएको थियो । मेघा अल स्टारले प्रतियोगितामा अपराजित रहदै होलिल्याण्ड वि, धिरान आर्दश, मेघा ए, होलिल्याण्ड ए र फाइनलमा बिर्तामोड झापा टिम गरि ५ टिमलाइ पराजित गर्दै उपाधी जितेका हुन । 

प्रतियोगितामा पुरस्कार ट्रफिहरुमा चिण्डो (वाबु) प्रयोग गरिएको थियो। किराती संस्कारमा चिण्डोलाई शुद्धताको प्रतिकको रुपमा मानिन्छ। किराती समुदायले सुख र दुख दुवै कार्यमा चिण्डोको प्रयोग गर्ने गर्दछ । प्रतियोगिता किरात न्यु इयर इभको रुपमा मनाउदै महिला बास्केटबल खेलाडिहरुलाई प्रोत्साहन गर्न आयोजना गरिएको सभाध्यक्ष नारायण सुबेदीले स्वागत मन्तव्यको क्रममा जानकारी गराए ।

धरान १२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, अग्रज पत्रकार हर्ष सुब्बा, राजेश बिद्रोही, सचेत धरानका प्रबक्ता राम लिम्बू , पुर्व मिस्टर पुर्वाञ्चल हर्कराज लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...