News Portal

धरानमा यलेदोङ बास्केटबल खेल किराती संस्कृति अनुसार उद्घाटन (भिडियो सहित)

फाइनलमा धरानमेघा अलस्टार र विर्तामोड झापा भिड्दै

विकास चाम्लिङ
३८७ पटक

धरान – किराती समुदायहरुको नया वर्ष येलेदोङ ५०८३ को अवसरमा आयोजित यले दोङ थी्र वाइ थी्र  ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को फाइनलमा धरान मेघा अल स्टार टिम र विर्तामोड, झापा टिम फाइनलमा भिड्ने भएको छ ।

धरान बास्केटवल संघको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रतियोगितामा मेघा अल स्टारले होलिल्याण्ड ‘वि’, धिरान आर्दश, मेघा ‘ए’ र होलिल्याण्ड ‘ए’ टिमलाई पराजित गर्दै उपाधिका लागि फाइनमा आफ्नो स्थान सुरक्षित वनाएका थिए । यसैगरि विर्तामोड झापाले होलिल्याण्ड ‘सि’, डिपो स्कुल र युवा जागृति क्लवलाई पराजित गर्दै फाइनल यात्रा गरेका हुन।

शुक्रवार औपाचारिक रुपमा शुरु भएको प्रतियोगिताको उद्घाटन किराती मुन्धुम अनुसार उद्धाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि १ न. प्रदेश सांसद माननीय रमेशकुमार वस्नेतले चिन्डो (चिण्डो) बाट बास्केटवलमा रक्सि छर्किन्दै, कार्यक्रमका विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले ढोल र धरान १८ वडाध्यक्ष प्रविण राईले झ्याम्टा वजाएर उद्धाटन गरिएको थियो ।

किराती संस्कारमा चिण्डोलाई शुद्धताको प्रतिकको रुपमा मानिन्छ । किराती समुदायले सुख र दु:ख दुवै कार्यमा चिण्डोको प्रयोग गर्ने गर्दछन् । उक्त प्रतियोगिता किरात न्यु इयर इभको रुपमा मनाउदै धरानमा बास्केटबल आयोजना गरिएको हो ।

प्रतियोगिताका विजेता टिमले नगद सात हजार र उपविजेता टिमले नगद ३ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद १ हजार ५ सय र ट्रफि प्राप्त गर्नेछ । 

प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिम संगै,  धरान वाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, होलिल्याण्ड ए, होलिल्याण्ड वि, होलिल्याण्ड सि, सियोन स्कुल, लोटस स्कुल, युवा जागृति क्लव, धरान आर्दश, डिपो, काम्रेल, चिल्डे्रन स्कुल र मिराकल टिम गरि १८ टिमले सहभागिता जनाएको छ ।

सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको सभाध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष दोर्पाध्वज राई, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, धरान १० वडाध्यक्ष विवेक राई, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल लगायतको उपस्थिति रहेको थियो । 

प्रतियोगिताको सम्पूर्ण खेल धरान-१२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा भइरहेको छ । मेघा अलस्टार र विर्तामोड विचको फाइनल खेल शनिवार विहान ९ वजे हुने समेत आयोजकले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...