News Portal

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
१७५ पटक

रबिन्द्र बराल/मोरङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले १२ जिल्लाको ४० स्थानमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने साथ उक्त कार्यक्रम गर्दे आईरहेको छ । कार्यक्रम अन्तर्गत  रंगेलीमा समेत एक दिने स्थानीय संग अन्तक्रिया  कार्यक्रममा गरेको हो। 

आयोजित कार्यक्रमा भ्रष्टाचार नियन्त्रणमा गरी सुशासन प्रवर्द्धन गर्ने र स्थानीय तहमा हुने भ्रष्टाचार एवंम् उजुरीको प्रवृत्तिको विषयमा सचेतना अभिवृद्धि गराउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरेको हो । एकीकृत प्रयास विना भ्रष्टाचार उन्मूलन हुन सक्दैन सवैको सहयोग, सहकार्य, समन्वय र प्रतिवद्धताको आवश्यक समेत रहेको सहभागीहरुलाई जानकारी समेत गराएका छन ।

भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रवर्द्धनका लागि भावी कार्यदिशा कसले गर्ने सार्वजानिक पदाधिकारीले नागरिक निगरानी संस्था, संचार क्षेत्र र नागरिक समाज र तीनै तहका सरकारले जिम्मेवार र जवाफदेहितामा अभिवृद्धि र कानूनको परिपालना र सार्वजनिक निकायबीचको समन्वय, सहकार्य  आवस्यक समेत रहेको जानकारी गराएका थिए । 

उजुरी हाल्न चहाने व्यक्तिले शिक्षक भर्ना, खरिद कार्य, सार्वजनिक निर्माण कार्यमा अनियमिता, बढी बिद्यार्थी देखाई पाठ्यपुस्तकमा, दिवा खाजामा छात्रवृत्तिमा अनियमितता,  कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र पशु लगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग, नियमको पालना नगरेको बिषयमा समेत   उजुरी हाल्न सक्ने जानकारी गराएका थिए ।

अख्तियारमा रंगेली नगरपलिकाको उजुरी समेत परेको जानकारी समेत गराएका छन । औषधि, उपकरण, जिन्सी सामान खरिदमा अनियमितता, अस्पतालमा कार्यरत कर्मचारीले दोहोरो सेवा सुविधा लिने गरको, सार्वजनिक खरिद ऐन विपरित (बोलपत्र ) गरेको आफ्नो मान्छेलाई ठेक्का दिएको, नियम विपरित कर्मचारी नियुक्ति गरेको, त्यसैगरी विना टेन्डर प्रक्रिया मिचेर आफन्तलाई काम गर्न दिएको, सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको राजिनामा लिखत पास गर्दा राजश्व छली गरेको र बाटो भएको जग्गालाई नभएको घरबाटो सिफारिस गरी पदको दुरुपयोग गरेको बिषयमा उजुरी समेत परेको जानकारी गराएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरी शाखाका उपसचिव निरज कुमार देव, नापी अधिकृत रामकलेश मंण्डल र राधा कृष्ण नेपालले भ्रष्टचारका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, वडा अध्यक्ष, सदस्य तथा ईन्जिनियर, बिधालयका प्रध्यानध्यापक, बुद्धिजिवी, समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...