News Portal

  • भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    १२२ पटक

    रबिन्द्र बराल/मोरङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले १२ जिल्लाको ४० स्थानमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने साथ उक्त कार्यक्रम गर्दे आईरहेको छ । कार्यक्रम अन्तर्गत  रंगेलीमा समेत एक दिने स्थानीय संग अन्तक्रिया  कार्यक्रममा गरेको हो। 

    आयोजित कार्यक्रमा भ्रष्टाचार नियन्त्रणमा गरी सुशासन प्रवर्द्धन गर्ने र स्थानीय तहमा हुने भ्रष्टाचार एवंम् उजुरीको प्रवृत्तिको विषयमा सचेतना अभिवृद्धि गराउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरेको हो । एकीकृत प्रयास विना भ्रष्टाचार उन्मूलन हुन सक्दैन सवैको सहयोग, सहकार्य, समन्वय र प्रतिवद्धताको आवश्यक समेत रहेको सहभागीहरुलाई जानकारी समेत गराएका छन ।

    भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रवर्द्धनका लागि भावी कार्यदिशा कसले गर्ने सार्वजानिक पदाधिकारीले नागरिक निगरानी संस्था, संचार क्षेत्र र नागरिक समाज र तीनै तहका सरकारले जिम्मेवार र जवाफदेहितामा अभिवृद्धि र कानूनको परिपालना र सार्वजनिक निकायबीचको समन्वय, सहकार्य  आवस्यक समेत रहेको जानकारी गराएका थिए । 

    उजुरी हाल्न चहाने व्यक्तिले शिक्षक भर्ना, खरिद कार्य, सार्वजनिक निर्माण कार्यमा अनियमिता, बढी बिद्यार्थी देखाई पाठ्यपुस्तकमा, दिवा खाजामा छात्रवृत्तिमा अनियमितता,  कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र पशु लगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग, नियमको पालना नगरेको बिषयमा समेत   उजुरी हाल्न सक्ने जानकारी गराएका थिए ।

    अख्तियारमा रंगेली नगरपलिकाको उजुरी समेत परेको जानकारी समेत गराएका छन । औषधि, उपकरण, जिन्सी सामान खरिदमा अनियमितता, अस्पतालमा कार्यरत कर्मचारीले दोहोरो सेवा सुविधा लिने गरको, सार्वजनिक खरिद ऐन विपरित (बोलपत्र ) गरेको आफ्नो मान्छेलाई ठेक्का दिएको, नियम विपरित कर्मचारी नियुक्ति गरेको, त्यसैगरी विना टेन्डर प्रक्रिया मिचेर आफन्तलाई काम गर्न दिएको, सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको राजिनामा लिखत पास गर्दा राजश्व छली गरेको र बाटो भएको जग्गालाई नभएको घरबाटो सिफारिस गरी पदको दुरुपयोग गरेको बिषयमा उजुरी समेत परेको जानकारी गराएका थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरी शाखाका उपसचिव निरज कुमार देव, नापी अधिकृत रामकलेश मंण्डल र राधा कृष्ण नेपालले भ्रष्टचारका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, वडा अध्यक्ष, सदस्य तथा ईन्जिनियर, बिधालयका प्रध्यानध्यापक, बुद्धिजिवी, समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...