News Portal

मोरङ रंगेलीका सद्भावले १३औं वार्षिक साधारणसभा सम्पन्न गऱ्यो

हिमालीसंचार संवाददाता
१८१ पटक

रबिन्द्र बराल/मोरङ – “कहिले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्ने मुल नाराका साथ  सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ।

मोरङको रंगेली ७ स्थित मेलिना गेष्ट हाउसमा सहकारीले उक्त  कार्यक्रम गरिएको थियो ।  साधारणसभामा आर्थिक बर्ष ०७८ /०७९ को आयव्यय प्रस्तुत समेत गरिएको थियो । संस्थाले कुल १० करोड ४८ लाख ३३ हजार ९ सय ५३  रुपैया लगानी गरेको छ ।  संस्थाले १ करोड ७० लाख ९० हजार ५७ रुपैयाँ कूल आम्दानी गरी  कुल  खर्च १ करोडौं ५७  लाख ५२ हजार    सय ८८ रुपैया गरेको छ । 

संस्थाले आयकर कट्टी गरि खुद नाफा १२ लाख ७० हजार ३  सय ११ रुपैया शुद्ध मुनाफा समेत गरेको संस्थाका कोषाध्यक्ष    मनोजकुमार साहले बताए ।  कार्यक्रमको बार्षिक प्रतिवेदन संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुको साथै लेखा समितीको तर्फबाट लेखा प्रतिवेदन लेखा  संयोजक धिरेन्द्रकुमार साहले प्रस्तुत गरेका थिए ।  

उक्त संस्थाको १ हजार २१ जना शेयर सदस्य रहेका छन ।संस्थाले रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, धनपालथान गाउँपालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, कोभिड ऋण, फाईनान्सलाई वितिय कारोवार,  गर्दे  आइरहेको छ ।   

त्यसैगरी संस्थाले यस बर्षदेखि प्रसुति खर्चे, गम्भीर रोग लागेका तथा दुर्धटनामा परेका सदस्यहरुलाई आर्थिक सहयोग गर्ने समेत पारित गरेको छ । सो अवसरमा संस्थाले एभिन्युज टेलिभिजनका मोरङ रिपोर्ट रबिन्द्र बराल, मकालु टेलिभिजनका दिलिप अग्रवाललाई सहकारी क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै सम्मान पत्र समेत प्रदान गरेका थिए ।  

सस्थाले जेष्ठ सेयर सदस्य सन्तलाल राजवंशी र महिला तर्फ बैजनी देवी सरदारलाई  सम्मान समेत गरेका छन ।  त्यसैगरी  बालबचतमा नविना लुईटेल उत्कृष्ट बचतकर्ता भएकी छन ।  कार्यक्रमा युवा उघामी मुकेश कुमार साह, मनिषा देवी सिंह, जयकृष्ण मंण्डललाई समेत सम्मान गरिएको थियो।  

कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालीका मेयर दिलिप  वगडिया, विशिष्ट अतिथि, भुमा पराजुली, तोयानाथ तिम्सिना र राकेश दाहल, सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, स्थानिय कैलाश मंण्डल, जुगेश्वर प्रसाद ठाकुर, मनोजकुमार साह, प्रसाद ठाकुर लगायतको उपस्थिति समेत  रहेको थियो ।  

संस्थाका ऋण समितका संयोजक कामदेव मण्डलले स्वागत मन्तव्य दिएका थिए। सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...