News Portal

  • मोरङ रंगेलीका सद्भावले १३औं वार्षिक साधारणसभा सम्पन्न गऱ्यो

    हिमालीसंचार संवाददाता
    १३६ पटक

    रबिन्द्र बराल/मोरङ – “कहिले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्ने मुल नाराका साथ  सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ।

    मोरङको रंगेली ७ स्थित मेलिना गेष्ट हाउसमा सहकारीले उक्त  कार्यक्रम गरिएको थियो ।  साधारणसभामा आर्थिक बर्ष ०७८ /०७९ को आयव्यय प्रस्तुत समेत गरिएको थियो । संस्थाले कुल १० करोड ४८ लाख ३३ हजार ९ सय ५३  रुपैया लगानी गरेको छ ।  संस्थाले १ करोड ७० लाख ९० हजार ५७ रुपैयाँ कूल आम्दानी गरी  कुल  खर्च १ करोडौं ५७  लाख ५२ हजार    सय ८८ रुपैया गरेको छ । 

    संस्थाले आयकर कट्टी गरि खुद नाफा १२ लाख ७० हजार ३  सय ११ रुपैया शुद्ध मुनाफा समेत गरेको संस्थाका कोषाध्यक्ष    मनोजकुमार साहले बताए ।  कार्यक्रमको बार्षिक प्रतिवेदन संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुको साथै लेखा समितीको तर्फबाट लेखा प्रतिवेदन लेखा  संयोजक धिरेन्द्रकुमार साहले प्रस्तुत गरेका थिए ।  

    उक्त संस्थाको १ हजार २१ जना शेयर सदस्य रहेका छन ।संस्थाले रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, धनपालथान गाउँपालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, कोभिड ऋण, फाईनान्सलाई वितिय कारोवार,  गर्दे  आइरहेको छ ।   

    त्यसैगरी संस्थाले यस बर्षदेखि प्रसुति खर्चे, गम्भीर रोग लागेका तथा दुर्धटनामा परेका सदस्यहरुलाई आर्थिक सहयोग गर्ने समेत पारित गरेको छ । सो अवसरमा संस्थाले एभिन्युज टेलिभिजनका मोरङ रिपोर्ट रबिन्द्र बराल, मकालु टेलिभिजनका दिलिप अग्रवाललाई सहकारी क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै सम्मान पत्र समेत प्रदान गरेका थिए ।  

    सस्थाले जेष्ठ सेयर सदस्य सन्तलाल राजवंशी र महिला तर्फ बैजनी देवी सरदारलाई  सम्मान समेत गरेका छन ।  त्यसैगरी  बालबचतमा नविना लुईटेल उत्कृष्ट बचतकर्ता भएकी छन ।  कार्यक्रमा युवा उघामी मुकेश कुमार साह, मनिषा देवी सिंह, जयकृष्ण मंण्डललाई समेत सम्मान गरिएको थियो।  

    कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालीका मेयर दिलिप  वगडिया, विशिष्ट अतिथि, भुमा पराजुली, तोयानाथ तिम्सिना र राकेश दाहल, सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, स्थानिय कैलाश मंण्डल, जुगेश्वर प्रसाद ठाकुर, मनोजकुमार साह, प्रसाद ठाकुर लगायतको उपस्थिति समेत  रहेको थियो ।  

    संस्थाका ऋण समितका संयोजक कामदेव मण्डलले स्वागत मन्तव्य दिएका थिए। सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...