News Portal

मोरङको रंगेली नगरपालिकामा पनी पृथ्वी जयन्ती भव्य मनायो

हिमालीसंचार संवाददाता
१९९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले एल कार्यक्रमको आयोजना गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव तथा राष्ट्रिय एकता दिवसको अबसरमा पृथ्वी जयन्ती मनाएका छन् ।

मोरङको रंगेली ७ स्थित संसारी माई मन्दिर परिसरबाट ऱ्याली सहित बस पार्क, रंगेलीको मुख्य बजार क्षेत्र हुदै काली मन्दिरको प्रागणमा कोण सभामा परिनत भएको टोलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्या अर्पण गरेका थिए। 

आयोजित कार्यक्रमका प्रमुख अतिथि मोहन वानिया, अतिथि कर्ण थापा, अर्विन गुप्ता, एकराज बस्नेत, श्याम मुरारी लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सहभागिहरुले भने राष्ट्रिय एकता दिवसको रुपमा विगत लामो समयदेखि पौष २७ गते मानाउदैं आएता पनी ०६८ सालमा गठीत बाबुराम भट्टराईको सरकारले यो दिवस र सार्वजनिक विदा कटौटी गरेका थिए। 

पछिल्लो समय बनेको नया सरकारले सार्वजनिक विदा दिएपछि सरकारलाई धन्याबद समेत दिएका थिए। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने चलन हराउदै गएको दशकपछि पुनः यो दिवस भव्यताको साथमा मनाउन पाएको हुदा हामी खुशी भएको एकराज बस्नेतले हिमालीसंचारडटकमसंग बताए। 

 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...