News Portal

धरानको मुख्य बजार क्षेत्रहरुमा यातायात व्यवस्थापनका लागि कार्यदल गठन (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२२० पटक

धरान – धरान उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने भानुचोकदेखि पुतली लाइन र सब्जिमण्डी लगायतका ट्राफिक जाम हुने स्थानहरुमा एकतर्फी प्रणाली लागु गर्न कार्यदल गठन गरिएको छ।

धरानको यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले हिजो धरान उपमहानगरपालिकामा वडा नं. १,३,७,९ र १२ का वडाध्यक्षहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, यातायात व्यवसायी र सरोकारवाला निकाय सम्बन्धित संघसस्थाहरु छलफलमा उपस्थित भएका थिए। 

मेयर हर्क साम्पाङले धरानको मुख्य बजार क्षेत्रका भित्री सडकहरुमा हुने ट्राफिक जाम व्यवस्थित गर्नका लागि एकतर्फी प्रणाली लागू गर्न प्रस्ताव गरेका थिए। मेयर साम्पाङले भानुचोकमा इ-सफारी, टेम्पोले यात्रु ओराल्ने जाने सिस्टम राख्नु पर्ने बताए।

बैठकले वडा नं. २ का वडाध्यक्ष रमेश राईको संयोजकत्वमा १७ सदस्यीय अध्ययन गर्ने कार्यदल गठन गरिएको छ। कार्यदलमा वडा नं. १,२,३,७,९ र १२ का वडाध्यक्षहरु, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ अध्यक्ष सरोज श्रेष्ठ, टेम्पोका प्रतिनिधि, सुमोका प्रतिनिधि, सिटी सफारीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरु सदस्य र उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटा कार्यदलको सदस्य सचिव छन् । गठीत कार्यदलले १० दिन भित्रमा प्रतिवेदन पेश गर्ने बैठकले निर्णय समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...