News Portal

  • धरानको मुख्य बजार क्षेत्रहरुमा यातायात व्यवस्थापनका लागि कार्यदल गठन (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १८० पटक

    धरान – धरान उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने भानुचोकदेखि पुतली लाइन र सब्जिमण्डी लगायतका ट्राफिक जाम हुने स्थानहरुमा एकतर्फी प्रणाली लागु गर्न कार्यदल गठन गरिएको छ।

    धरानको यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले हिजो धरान उपमहानगरपालिकामा वडा नं. १,३,७,९ र १२ का वडाध्यक्षहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, यातायात व्यवसायी र सरोकारवाला निकाय सम्बन्धित संघसस्थाहरु छलफलमा उपस्थित भएका थिए। 

    मेयर हर्क साम्पाङले धरानको मुख्य बजार क्षेत्रका भित्री सडकहरुमा हुने ट्राफिक जाम व्यवस्थित गर्नका लागि एकतर्फी प्रणाली लागू गर्न प्रस्ताव गरेका थिए। मेयर साम्पाङले भानुचोकमा इ-सफारी, टेम्पोले यात्रु ओराल्ने जाने सिस्टम राख्नु पर्ने बताए।

    बैठकले वडा नं. २ का वडाध्यक्ष रमेश राईको संयोजकत्वमा १७ सदस्यीय अध्ययन गर्ने कार्यदल गठन गरिएको छ। कार्यदलमा वडा नं. १,२,३,७,९ र १२ का वडाध्यक्षहरु, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ अध्यक्ष सरोज श्रेष्ठ, टेम्पोका प्रतिनिधि, सुमोका प्रतिनिधि, सिटी सफारीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरु सदस्य र उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटा कार्यदलको सदस्य सचिव छन् । गठीत कार्यदलले १० दिन भित्रमा प्रतिवेदन पेश गर्ने बैठकले निर्णय समेत गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...