News Portal

धरान गल्फ क्लब र खुकुरी रमवीच एक बर्षे सम्झौता-पत्रमा हस्ताक्षर (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२८१ पटक

धरान – धरान उपमहानगरपालिका धोपा क्याम्प गल्फ कोर्ट स्थित खुकुरी रम र धराम गल्फ क्लववीच खुकुरी एमेच्योर गल्फ ओपन प्रतियोगितालाई निरन्तरता दिनका लागि एक बर्षे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

धरान गल्फ क्लबका महासचिव भरत तामाङ र दि नेपाल डिस्टीलरी प्रालिका एसिस्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानवीच गल्फ क्लब धोपा क्याम्प धरानमा एक बर्षे सम्झौता पत्रमा हस्ताक्षर भएको हो। खुकुरी रमले गल्फ क्लब खेललाई प्रोत्साहन स्वरुप ११ लाख रुपैया दिने द्वि पक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। 

धरानमा खुकुरी रमले प्रायोजन गरेको एमेच्योर गल्फ प्रतियोगिताको पहिलो ससंस्करण धरानमा सम्पन्न भइसकेको छ। उक्त खेलको मुख्य प्रायोजनका लागि समेत खुकुरी रमले प्रायोजन गरेका थिए। उक्त खेल सफल भएसंगै खुकुरीले पुनः एक बर्षको लागि प्रायोजन गर्ने सम्झौता गरेको हो। ब्राण्ड मेनेजर प्रधानका अनुसार हरेक बर्ष सम्झौता गर्दै जाने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

धरान गल्फ क्लबका महासचिव भरत तामाङले बर्षेनी खेलले निरन्तरता पाउने भएपछि खुकुरी रमलाई धन्याबाद दिएका महासचिव तामाङले गल्फ खेलाडी सुरेश प्याकुरेलको विशेष सहयोग रहेको समेत बताए।

 

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...