News Portal

खुकुरी एमेच्योर गल्फ प्रतियोगिता हरेक बर्ष प्रायोजन गर्ने खुकुरी रमको घोषणा (भिडियोसहित)

हिमालीसंचार संवाददाता
३२९ पटक

धरान – सुनसरीको धरान धोपा क्यामस्थित खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिताको पहिलो स्करण सम्पन्न भएको छ। प्रमुख प्रायोजक रहेको खुकुरीले प्रत्येक बर्ष प्रायोजन गर्ने धोषणा गरेसंगै धरानमा खुकुरी एमेच्योर गल्फ प्रतियोगिता प्रत्येक बर्ष हुने भएको छ। 

धरान धोपा क्याम्पस्थित गल्फ कोर्टमा गत जनवरी ६ र ७ तारिख सम्पन्न खेलको समापन समारोहमा खुकुरी रमका ब्राण्ड मेनेजर अभिषेक प्रधानले प्रत्येक बर्ष गल्फ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्। उनको घोषणासंगै धरान गल्फलगायत खेलाडीहरु उत्सहित भएका छन्। 

धरानको गल्फ कोर्टस्थित दुइ दिने उक्त प्रतियोगितामा देशभरका ८६ जना कल्फ खेलाडीहरु सहभागि भएको धरान गल्फले जनाएको छ। नेपालकै इतिहासमा एमेच्योर खेलाडी सहभागि भएका धरान क्लबका अध्यक्ष वीरेन्द्र लिम्बुले पुरस्कार वितरण कार्यक्रममा बताए। 

अध्यक्ष लिम्बुले आर्मी क्लब, काठमाडौं, पोखरा, मुस्ताङ, सुलगुडी, बेलायत लगायत देश विदेशबाट खेलाडीहरु सहभागि भएको बताए। आयोजित दुइ दिने प्रतियोगितामा विजेता खेलाडीहरु युवराज भुजेल, कवि थापा, आदित्य प्रताप सिंह र सिद्धान्त सापकोटा प्रथम भए।

काजी राई, सन्तोष कार्की, भीम दहाल, सुश्री नोरकिन पाख्रिन त्यस्तै गजेन्द्र लिम्बु, भरत तामाङ, सुरेश प्याकुरेल, प्रवीन शाही ठकुरी, जीवन लिम्बु, युवराज भुजेल, प्रताप केसी र प्रविन राईलगायतले पुरस्कार प्राप्त गरेका थिए। 

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...