News Portal

मोरङको रंगेलीमा दुई युवा लागूऔषध सहित पक्राउ, प्रहरीले अनुसन्धान थाल्यो

हिमालीसंचार संवाददाता
२०७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा नेपाल प्रहरीले ठूलो मात्रामा लागूऔंषध बरामद गरेको छ। रंगेली नगरपालिक वडा नं. १ बबियाबाट गाँजा सहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो।

बबिया घर भएका मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ सय किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको संयुक्त टोलीले निजको घर खानतलासी गर्दा गाँजा फेला परेको हो। 

प्रहरी १५ वटा बोरामा ‘प्याक’ गरेर लुकाएको अवस्थामा बरामद गरिएकोगाँजा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा  लगिएको  छ। गाँजा बरामद भएपछि अन्दाजी ४२ वर्षीय राजवंशी सहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई समेत प्रहरीले पक्राउ गरेको छ।  

प्रहरीले राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। उनीहरु  विरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। 

प्रहरीले गरेको प्राम्भीक अनुसन्धानबाट धनकुटादेखि राईले लागूऔषध गाँजा ल्याउने र राजवंशीले लुकाउनका लागि ठाउँ दिने गरेको खुलेको छ। उनीहरू दुबै जना गाँजाको कारोबार एवं तस्करीमा संलग्न भएको हुनसक्ने प्रहरीले अनुमान छ। धनकुटाबाट ल्याएर गाँजा भारत तिर लैजाने तयारी गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेका छन्।

प्रतिकृया दिनुहोस्

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...