News Portal

  • मोरङको रंगेलीमा दुई युवा लागूऔषध सहित पक्राउ, प्रहरीले अनुसन्धान थाल्यो

    हिमालीसंचार संवाददाता
    १७४ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा नेपाल प्रहरीले ठूलो मात्रामा लागूऔंषध बरामद गरेको छ। रंगेली नगरपालिक वडा नं. १ बबियाबाट गाँजा सहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो।

    बबिया घर भएका मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ सय किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको संयुक्त टोलीले निजको घर खानतलासी गर्दा गाँजा फेला परेको हो। 

    प्रहरी १५ वटा बोरामा ‘प्याक’ गरेर लुकाएको अवस्थामा बरामद गरिएकोगाँजा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा  लगिएको  छ। गाँजा बरामद भएपछि अन्दाजी ४२ वर्षीय राजवंशी सहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई समेत प्रहरीले पक्राउ गरेको छ।  

    प्रहरीले राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। उनीहरु  विरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। 

    प्रहरीले गरेको प्राम्भीक अनुसन्धानबाट धनकुटादेखि राईले लागूऔषध गाँजा ल्याउने र राजवंशीले लुकाउनका लागि ठाउँ दिने गरेको खुलेको छ। उनीहरू दुबै जना गाँजाको कारोबार एवं तस्करीमा संलग्न भएको हुनसक्ने प्रहरीले अनुमान छ। धनकुटाबाट ल्याएर गाँजा भारत तिर लैजाने तयारी गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...