
धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्क साम्पाङलाई जापानबाट सिआर हाङमाराजा खिम्दुङ बान्तावा राईले वोटविरुवा फुलमा पानी हाल्ने विशेष नोजल सहयोग गरेका छन्।
इटहरी निवासी सिआर हाङमाराजा खिम्दुङ बान्तावाद्वारा धरानका मेयर हर्क साम्पाङले अभियानका रुपमा संचालन गरेका बृक्षरोपन कार्यक्रम मार्फत रोपिएका बोटविरुवा र फूलहरुमा पानी हाल्न सहजहोस् भन्ने उदेश्यले विगत धेरै लामो समयदेखि जापान कर्मथलो बनाएका राईले दश थान नोजल सहयोग गरेको सचेत धराने समुहका सक्रिय सदस्य दीप दिलुङछा राईले हिमालीसंचारडटकमसंग बताए।
राईले उक्त नोजल जापानबाट नै पठाइ दिएका हुनाले टिकाउ हुने दिलुङछा राईको विश्वास रहेको छ। सचेत धराने समुहका सक्रिय सदस्य दिलुङछा राईले हिजो नगरपालिका पुगेर मेयर साम्पाङको कार्यकक्षमैं उक्त नोजल हस्तान्तरण गरेका हुन्। धरानका मेयर साम्पाङले अभियानको रुपमा संचालन गरेका अभियानमा देश विदेशबाट आर्थिक, जिन्सी, भौतिक र नैतिक सहयोग गर्दै आएका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
