News Portal

धरानमा ‘तमु’ गुरुङ समुदायले हि’ल्हो भव्य मनाए, बरुण घले घोषित भए तमु राजा (भिडियोसहित)

हिमालीसंचार संवाददाता
४७५ पटक

धरान – धरानमा ‘तमु’ गुरुङ समुदायले आज शुक्रबार धरान उपमहानगरपालिका धरानमा भव्यताका साथमा तमु ल्होसार मनाएका छन्।

धरान वडा नं. १८ स्थित तमु गुरुङ समुदायको आफ्नै गुम्बामा आयोजित कार्यक्रममा ‘तो’ल्हो’ बाघ वर्गलाई विदाई गरी ‘हि’ल्हो’ विरालो वर्गलाई स्वागत गर्दै तमु गुरुङ समुदायले विभिन्न सास्कृतिक कार्यक्रम सहित आफ्नो मौलिक भेषभूषामा भेला भएका गुरुङ समुदायले भव्यताका साथमा ल्होसार मनाएका छन्। 

नेपाल बौंद्ध गुम्बा गुरुङ सेवा समितिको आयोजनामा आयोजित कार्यक्रममा धरान -१८ स्थित गुम्वामा आयोजित कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए। मेयर साम्पाङलाई समितिका अध्यक्ष बकसमान गुरुङले ‘तमु’ गुरुङ समुदायको मौलिक भांग्रा सहित फेटा गुथाएर सम्मान गरिएको थियो। 

आयोजित कार्यक्रममा प्रत्येक बर्ष तमु राजा धोषणा गर्ने परम्परा अनुरुप हाडी फुटाउने प्रतियोगिता मार्फत तमु राजा समेत धोषणा गरिएको थियो। हाडी फुटाउने खेलमार्फत धोषणा गरिने उक्त प्रतियोगितामा धरानका बरुण घले एक बर्षका लागि ‘तमु राजा’ घोषित गरिएको हो।

आयोजित उक्त प्रतियोगितामा हाडी फुटाउने प्रतियोगिता बाहेक छेलो, म्युजिकल चियर, तमु गुरुङ मौलिक सास्कृतिक नाच लगातका स्थानीय समाजका कालाकारहरुले मनोरन्जनात्मक नृत्यहरु समेत प्रस्तुत गरेका थिए। पछिल्लो समय युवा युवतीहरुले आफ्नो मौलिक भेषभूषामा बढ्दो आर्कषण रहेको तमु ल्होसारका उपस्थितिले प्रष्ट देखिन्थ्यो। आयोजित कार्यक्रम संस्थाकी सचिव कमला गुरुङले कार्यक्रम संचालन गरेकी थिइन्। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...