News Portal

  • मोरङको रंगेली नगरका सिमानाहरुमा सुरक्षा व्यवस्था कडा हुदा तस्करी नियन्त्रण (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १५३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका डाइनिया, सिक्टि, मायागञ्ज, सोराभाग, कर्सिया, नोचा, चोप्राह लगायतको सिमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि सिमानाकावाट हुने चोरी तस्करी नियन्त्रणमा आएको छ।

    नेपाल प्रहरीले सिमावर्ती नाकामा उच्च शर्तकता अपनाउदै सुरक्षा व्यवस्था कडा बनाएपछि सबै नेपाल-भारतका नाकाबाट चोरी तस्कारी नियन्त्रणमा आएको छ। इलाका प्रहरी कार्यालय रंगेलीको मातहतले २६ किलोमिटर नेपाल-भारतको सिमानाका जोडिएको छ । 

    नेपाल-भारतका नाकामा नेपाल प्रहरीको आधादर्जन भन्दा बढी प्रहरी चौकी रहेका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिमानाकामा २४ घण्टा डयुटी गरेपछि चोरी तस्करी नियन्त्रण तथा लागूऔषध ओसार पोसारमा समते नियन्त्रणमा आएको स्थानीयले बताए ।

    नेपाल-भारतका नाकाहरुमा शान्ति सुरक्षमा समेत सुधार आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेश न्यौपानेले हिमालीसंचारडटकमसंग बताएका छन । नेपाल-भारतका प्राय प्रहरी चौकीहरुमा आवश्यता अनुसारको प्रहरीको दरवन्दि छैन । सिमानाहरुमा थोरै संख्यामा नेपाल प्रहरी परिचालन भएता पनि प्रहरीलाई परिचालन गरि आफुले सिमानावाट हुनसक्ने कुनै पनि प्रकारको अवान्छित गतिविधि हुन नदिएको न्यौपानेले बताएका छन   

    आर्थिक बर्ष श्रावण महिनादेखि इलाका प्रहरी कार्यालय रंगेलीले  खाद्यान्न, लत्ताकपडा, गाई,गोरु लगायतबाट ३० लाख   बराबरको राजस्व संकलन गरिएको छ । सिमानाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अहोरात्र खटी रहने भएकाले चोरी तस्करी हुन लागेका लाखौ मुल्यका समान प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक न्यौपानेले बताए । 

    नेपाल-भारत सिमानासंग रंगेली, डायनिया, कर्सिया, दादरवैरिया, वेतौना, कदमाहा तथा रामचौक लगायतका नेपाली वजार जोडिएका छन । सो वजारका नाका भएर केही वर्ष अघीदेखि खादान्न, कृषि उपज तथा पशुचौपाया लगायतका वस्तुहरु तस्करी हुने गरेपनि अहिले आएर सवै प्रकारका तस्करी नियन्त्रणमा आएको स्थानियले बताए ।  

    इलाका प्रहरी कार्यालय रंगेली मातहतका सवै नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चौबिसै घण्टा गस्ति र निगरानी गर्ने गरेकाले पनि तस्करी नियन्त्रणमा आएको स्थानीयले बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...