News Portal

  • वीपी कर्मचारी सामाजको अध्यक्षमा महेश्वर राईले गरे उम्मेदवारी घोषणा (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २२९ पटक

    धरान – सुनसरी धरान स्थित वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरानको करामचारी कल्याण समाजको निर्वाचनका लागि महेश्वर राईले अध्यक्ष पदका लागि पत्रकार सम्मेलन मार्फत आफ्ना उम्मेदवारी धोषणा गरेका छन्। 

    आज विहान आयोजित पत्रकार सम्मेलनमा आगामी पौष २३ गते हुन गइरहेको वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरानमा समाजको निर्वाचन हुदै छ। वीपी प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको पेशागत हकहित र प्रतिष्ठानको विकासको लागि महेश्वर राईले नेतृत्व लिन अध्यक्षका लागि उम्मेदवारी दिने धोषणा गरेका हुन्। 

    आयोजित पत्रकार सम्मेलनमा महेश्वर राईले प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको पेशागत हकहित, कर्मचारी अधिकार र प्रतिष्ठानको समग्र विकासको लागि बोल्दै आएका जिकीर गरेका राईले समग्र प्रतिष्ठानको विकासको लागि रचनात्मक काम गर्नका लागि उम्मेदवारी  धोषणा गरेको बताए। 

    वीपी प्रतिष्ठानका व्यवस्थापनसंग आवश्यक छलफल र सहकार्य गर्न समाज व्यवस्थापनकै अभिन्न अंग भएकाले प्रतिष्ठानको सुधारका लागि आवश्यक रहेका बताएका राईले प्रतिष्ठानका कर्मचारीको पेशागत हकहितको लागि समाजको अध्यक्षमा उम्मेदवार दिएका थिए।

    आयोजित पत्रकार सम्मेलनमा समाजका नेतृत्व लिन स्वतन्त्र व्यक्ति हुनु पर्ने निर्देशिका रहेको उल्लेख गर्दै आफु कुनै पनी पार्टीमा आवद्ध नरहेको स्पष्ट पारे। वीपी प्रतिष्ठानको कर्मचारी रहेसम्म कुनै पार्टीको सदस्य नलिने बताए। वीपी प्रतिष्ठानका समाजले निर्वाचन समितिले सार्वजनिक गरेका मतदाता संख्या करिब १३२६ जना कर्मचारी रहेको जनाएको छ। पछिल्लो समय सिनेटले मान्यता दिएर नियमावली संशोधन गरेपछि समाजले आधिकारिक मान्यता पाएपछि बैंधानिक निर्वाचन हुन लागेको हो। 

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...