News Portal

एनआरएनए-एनसीसी कुवेतद्वारा आयोजित फुटबलको उपाधी पुर्वेली टाईगरले जित्यो

हिमालीसंचार संवाददाता
४४३ पटक

कुबेत-एनआरएनए-एनसीसी कुवेतद्वारा आयोजित फुटबल खेल फाहाहिलस्थित फुटबल मैदानमा हिजो सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको खेलमा टाइमको अभाब ले गर्द फाइनल खेल पेलान्टी सुट गरिएको थियो पेलान्टी सुटमा ईलेभेन स्टार पराजित गर्दै पुर्वेली टाईगर उपाधी हात पारेको हो।

शिरमा राखेर देश खेलकुदबाट सन्देश भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए-एनसीसी कुवेतको आयोजनामा अल मुल्ला एक्स्चेन्ज (अल मुल्ला एक्सचेन्ज) को मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट र मनकामना एयर कार्गो कम्पनीको सह-प्रायोजन गरिएको थियो।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ केडी, कप, प्रमाणपत्र र मेडल; दोश्रो पुरस्कार नगद १०१ केडी, कप, प्रमाणपत्र र मेडल साथै उत्कृष्ट टिम,उत्कृष्ट खेलाडीहरु र उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत सहित मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो।

मोस्ट भ्यालुएबल प्लेयर अफ द टुर्नामेन्ट – सरोज कार्की (पुर्वेली. टाइगर एफसी)                                                     

हाई स्कोरर- निरज खतिवडा (एफसी फरवानिया)

उत्कृष्ट डिफेन्डर – शिवकुमार लिङ्देन (इलेभेन स्टार एफसी)

बेस्ट मिड-फिल्डर- राजीव राय (पुर्वेली.टाइगर एफसी)

उत्कृष्ट फरवार्ड – कालिका गुराउ (इलेभेन स्टार एफसी)

बेस्ट गोल केपर – अविजित आले मगर (पुर्वेली.टाइगर एफसी)

खेललाई आकर्षित बनाउन ३५ उमेर काटेका पुराना तथा अनुभवी खेलाडीहरुको २ टिम बनाई खेलाईएको थियो । जसमा टिम क्याप्टेनहरु एक टिममा रण ध्वोज लामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेतका अध्यक्ष र अर्को टिममा नेपाली राजदुतावास कुवेतको टिम रहेका थिए। नेपाल एम्बेस्सी २ एनआरएनए-एनसीसी १

बिजेता,उपविजेतासहितका खेलाडीलाई नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भन्डारीको हातबाट पुरस्कार प्रदान गरिएको हो।खेलमा १० सशक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...