News Portal

टर्कीस्थित साउदी दूतावासमा पत्रकारको मृत्यु, दुई सरकारी अधिकारी बर्खास्त

८०७ पटक

एजेन्सी : टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको त्यहाँको राज्य टीभीले जनाएको छ । प्रारम्भिक अनुसन्धान रिपोर्टलाई हवाला दिँदै टिभीले खशोगगीको मृत्यु भएको जनाएको हो ।बीबीसीले दिएको विवरणमा भनिएको छ, ‘घटनामा खुफिया एजेन्सीका उपप्रमुख अहमद अल असिरी र राजकुमार मोहम्मद बिन सलमानका वरिष्ठ सहयोगी सौद अलकहटानीलाई बर्खास्त गरिएको छ ।’

पत्रकार खशोगगीलाई २ अक्टुबरमा इस्तानाबुलस्थित साउदीको वाणिज्य दूतावासमा प्रवेश गरेपछि बेपत्ता भएका थिए । उनी त्यहाँ हैटिस सेन्गिजसँग विवाह गर्ने अनुमतिका लागि कागजी प्रक्रिया पूरा गर्न गएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि जे भयो त्यो ‘अस्वीकार्य’ छ तर, साउदी एक ‘सहयोगी’ थियो । खशोगगी पछिल्लो समय अमेरिकामा बस्दै अाएका थिए ।

खशोगगीको मृत्यु भएको साउदीले स्वीकारेको यो पहिलो पटक हो । साउदीका राजा सलमानले खुफिया एजेन्सीको पुनर्गठन गर्नका लागि राजकुमार मोहम्मदको अध्यक्षतामा एक मन्त्री स्तरीय समिति पनि गठन गर्न आदेश दिएको जनाइएको छ ।

टर्कीका अधिकारीहरुले दिएको सूचनालाई साउदी अरबले आफ्नो जाँचको एक हिस्साको रुपमा लिएको थियो । सोही आधारमा कयौं संदिग्धमाथि छानबिन पनि भएका थियो । त्यसअघि बेनामे अधिकारीले पत्रकारको शव बेलग्रेड वन या खेतको भूमिका गाडेको हुन सक्ने भनि दिएको सूचनाको आधारमा खोजीलाई व्यापक बनाइएको थियो ।

को हुन् खसोगगी ?

खसोगगी साउदी अरबको अल अरब न्यूज च्यानलका पूर्वप्रधानसम्पादक थिए । उनले त्यहाँको अल वातान पत्रिकाका लागि सम्पादकको रुपमा पनि काम गरे । उनले सन् २०१७ मा साउदी अरब छाडेर स्व-निर्वासनमा हिँडेका थिए । साउदी सरकारले उनलाई ट्वीटरमा बन्देज लगाएको खसोगगीको आरोप थियो । पछि उनले साउदी सरकार विरुद्धमा आलोचनात्मक टिप्पणीहरु लेखेका थिए ।

उनले साउदीका राजकुमार मोहम्मद विन सलमान र राजा सलमानप्रति तिखो आलोचना गरेका थिए । उनले यमनमा साउदी अरबको नेतृत्वमा भएको हस्तक्षेपको पनि विरोध गरेका थिए । उनले आफ्नो जीवनमा पटकपटक ओशामा विन लादेनको अन्तरवार्ता पनि लिएका थिए । उनले लादेनलाई अफगानस्तानको तोरा बोरा र सन् १९९५ मा सुडानमा भेटेर अन्तरवार्ता लिएका थिए । उनलाई त्यसवेला खुफिया एजेन्सीले साउदी शाही परिवारको साथमा सम्झौता गर्नका लागि लोदनलाई प्रभावित पार्ने काम समेत दिएको थियो ।

अल अरबियाले भनेको छ कि खशोगगीले एकपटक विन लादेनलाई हिंसा छाड्नका लागि मनाउने कोशिश पनि गरेका थिए । उनी एक मात्र गैर–शाही साउदी अरबिया नागरिक थिए, जसलाई ११ सेप्टेम्बरमा भएको आतंकवादी हमाला पछाडि रहेको राजपरिवार र अलकायदाबीचको सहमतिबारे जानकारी थियो । उनी सोही घटनापछि विन लादेनबाट टाढिएका थिए ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...