News Portal

टर्कीस्थित साउदी दूतावासमा पत्रकारको मृत्यु, दुई सरकारी अधिकारी बर्खास्त

७४७ पटक

एजेन्सी : टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको त्यहाँको राज्य टीभीले जनाएको छ । प्रारम्भिक अनुसन्धान रिपोर्टलाई हवाला दिँदै टिभीले खशोगगीको मृत्यु भएको जनाएको हो ।बीबीसीले दिएको विवरणमा भनिएको छ, ‘घटनामा खुफिया एजेन्सीका उपप्रमुख अहमद अल असिरी र राजकुमार मोहम्मद बिन सलमानका वरिष्ठ सहयोगी सौद अलकहटानीलाई बर्खास्त गरिएको छ ।’

पत्रकार खशोगगीलाई २ अक्टुबरमा इस्तानाबुलस्थित साउदीको वाणिज्य दूतावासमा प्रवेश गरेपछि बेपत्ता भएका थिए । उनी त्यहाँ हैटिस सेन्गिजसँग विवाह गर्ने अनुमतिका लागि कागजी प्रक्रिया पूरा गर्न गएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि जे भयो त्यो ‘अस्वीकार्य’ छ तर, साउदी एक ‘सहयोगी’ थियो । खशोगगी पछिल्लो समय अमेरिकामा बस्दै अाएका थिए ।

खशोगगीको मृत्यु भएको साउदीले स्वीकारेको यो पहिलो पटक हो । साउदीका राजा सलमानले खुफिया एजेन्सीको पुनर्गठन गर्नका लागि राजकुमार मोहम्मदको अध्यक्षतामा एक मन्त्री स्तरीय समिति पनि गठन गर्न आदेश दिएको जनाइएको छ ।

टर्कीका अधिकारीहरुले दिएको सूचनालाई साउदी अरबले आफ्नो जाँचको एक हिस्साको रुपमा लिएको थियो । सोही आधारमा कयौं संदिग्धमाथि छानबिन पनि भएका थियो । त्यसअघि बेनामे अधिकारीले पत्रकारको शव बेलग्रेड वन या खेतको भूमिका गाडेको हुन सक्ने भनि दिएको सूचनाको आधारमा खोजीलाई व्यापक बनाइएको थियो ।

को हुन् खसोगगी ?

खसोगगी साउदी अरबको अल अरब न्यूज च्यानलका पूर्वप्रधानसम्पादक थिए । उनले त्यहाँको अल वातान पत्रिकाका लागि सम्पादकको रुपमा पनि काम गरे । उनले सन् २०१७ मा साउदी अरब छाडेर स्व-निर्वासनमा हिँडेका थिए । साउदी सरकारले उनलाई ट्वीटरमा बन्देज लगाएको खसोगगीको आरोप थियो । पछि उनले साउदी सरकार विरुद्धमा आलोचनात्मक टिप्पणीहरु लेखेका थिए ।

उनले साउदीका राजकुमार मोहम्मद विन सलमान र राजा सलमानप्रति तिखो आलोचना गरेका थिए । उनले यमनमा साउदी अरबको नेतृत्वमा भएको हस्तक्षेपको पनि विरोध गरेका थिए । उनले आफ्नो जीवनमा पटकपटक ओशामा विन लादेनको अन्तरवार्ता पनि लिएका थिए । उनले लादेनलाई अफगानस्तानको तोरा बोरा र सन् १९९५ मा सुडानमा भेटेर अन्तरवार्ता लिएका थिए । उनलाई त्यसवेला खुफिया एजेन्सीले साउदी शाही परिवारको साथमा सम्झौता गर्नका लागि लोदनलाई प्रभावित पार्ने काम समेत दिएको थियो ।

अल अरबियाले भनेको छ कि खशोगगीले एकपटक विन लादेनलाई हिंसा छाड्नका लागि मनाउने कोशिश पनि गरेका थिए । उनी एक मात्र गैर–शाही साउदी अरबिया नागरिक थिए, जसलाई ११ सेप्टेम्बरमा भएको आतंकवादी हमाला पछाडि रहेको राजपरिवार र अलकायदाबीचको सहमतिबारे जानकारी थियो । उनी सोही घटनापछि विन लादेनबाट टाढिएका थिए ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...