News Portal

मोरङको सुनवर्षी नगरपालिकामा राजवंशी समाज विकास समितिले २९औं वर्षिकोत्सव सम्मन्न गऱ्यो

हिमालीसंचार संवाददाता
१९० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका राजवंशी समाज विकास समितिले आफ्नो स्थापनाको २९औं वर्ष पुरा गरी ३०औं वर्षमा प्रवेश गरेको अवसरमा राजवंशीहरूको भाषा, कला, संस्कृति र मौलिक परम्परा झल्कने गरी विभिन्न कार्यक्रम सम्पन गरिएको छ ।

मोरङ र झापा जिल्लाका राजवंशी समुदायले आफ्नो स्थापना दिवसको अवसर पारेर सुनवर्षी नगरपालीका ५ स्थित भेडुवा स्थानमा कार्यक्रमको आयोजना गरेका हुन् । पुर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्ला लगायतका जिल्लामा आदिम कालदेखि बसोबास गर्ने राजवंशी जातिको छुट्टै भाषा, धर्म कला संस्कृति, भेषभुषा तथा विशिष्ट मौलिक परम्परालाई लोप हुन नदिने उदेश्यका साथ सिरुवा, घाटोसरी डोलपावनी गरूवासी भाक्का दिवस लगायतका पर्वहरु समेत राजवंशी समुदायले मनाउदै आएका छन् । 

आयोजित कार्यक्रमको प्रमुख अतिथि अभय राजवंशी, समाज सेवी आमोद राजवंशी, अधिवक्ता राजकुमार राजवंशी,  अनुरोध फाउण्डेसन अध्यक्ष सपना राजवंशी र  राजवंशी समाज बिकास समिति उपाध्यक्ष बद्री नारायण राजवंशी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमा राजवंशी गीतमा नृत्य प्रर्दशन गर्नुका साथै झाकी समेत प्रस्तुत गरिएको थिए ।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...