News Portal

  • मोरङको सुनवर्षी नगरपालिकामा राजवंशी समाज विकास समितिले २९औं वर्षिकोत्सव सम्मन्न गऱ्यो

    हिमालीसंचार संवाददाता
    १५५ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका राजवंशी समाज विकास समितिले आफ्नो स्थापनाको २९औं वर्ष पुरा गरी ३०औं वर्षमा प्रवेश गरेको अवसरमा राजवंशीहरूको भाषा, कला, संस्कृति र मौलिक परम्परा झल्कने गरी विभिन्न कार्यक्रम सम्पन गरिएको छ ।

    मोरङ र झापा जिल्लाका राजवंशी समुदायले आफ्नो स्थापना दिवसको अवसर पारेर सुनवर्षी नगरपालीका ५ स्थित भेडुवा स्थानमा कार्यक्रमको आयोजना गरेका हुन् । पुर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्ला लगायतका जिल्लामा आदिम कालदेखि बसोबास गर्ने राजवंशी जातिको छुट्टै भाषा, धर्म कला संस्कृति, भेषभुषा तथा विशिष्ट मौलिक परम्परालाई लोप हुन नदिने उदेश्यका साथ सिरुवा, घाटोसरी डोलपावनी गरूवासी भाक्का दिवस लगायतका पर्वहरु समेत राजवंशी समुदायले मनाउदै आएका छन् । 

    आयोजित कार्यक्रमको प्रमुख अतिथि अभय राजवंशी, समाज सेवी आमोद राजवंशी, अधिवक्ता राजकुमार राजवंशी,  अनुरोध फाउण्डेसन अध्यक्ष सपना राजवंशी र  राजवंशी समाज बिकास समिति उपाध्यक्ष बद्री नारायण राजवंशी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमा राजवंशी गीतमा नृत्य प्रर्दशन गर्नुका साथै झाकी समेत प्रस्तुत गरिएको थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...