News Portal

खोटाङको बाक्सिला बजारमा भीषण आगलागी, पाच घर जल्दा ५ करोड भन्दा धेरै क्षति भएको अनुमान

हिमालीसंचार संवाददाता
४५९ पटक

बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाको वडा नं. ४ बाक्सिला बजारमा साझ करिब ५ः३० बजे भीषण आगोलागी भएको छ।

बाक्सिला बजारको मानेडाडामा बाक्लो जोडिएको घरहरु रहेकाले आगोलागी कसरी र कुन घरबाट आगोलागी शुरु भयो? अझै यकीन हुन नसकेको केपिलासगढी गाउपालिका उपाध्यक्ष गुरुराज राईले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

स्थानीय व्यापारी दिपक गुरुङ र रमेश परियारको घरबाट आगोलागी शुरु भएको अनुमान गरिएको छ। तर, कुन श्रोत र कसको घरबाट आगोलागी शुरु भयो यकीन हुन नसकेको उपाध्यक्ष राईले जानकारी दिए। आगलागी नियन्त्रणका लागि स्थानीय जनता, नेपाल प्रहरी, भीमा कन्सट्रक्सन प्रालि परिवार र डोजर अपरेटर पुर्ण घर्तीमगर लगायतले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उपाध्यक्ष राईले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल राईको टोली आगलागी भएको बाक्सिला बजार तर्फ आइरहेको समेत उपाध्यक्ष राईले जानकारी दिए। स्थानीय श्रोत साधनको प्रयोग गरी आगो नियन्त्रण लिन स्काभेटर प्रयोग गरी थप दुर्घटना हुन नदिन पुरिएको ढिस्कोहरु खोतल्दै पानी खन्याउने काम भइरहेको उपाध्यक्ष राईले बताए। 

आगोलागीबाट दिपक गुरुङ, रमेश परियार, डिल्लिकुमार श्रेष्ठ, शुभराज राई र अकबर राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगोलागेका घरहरुमा कपडा पसल, सिलाई कटीङका बस्तुहरु रहेकाले करिब ५ करोड बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ।

केपिसालगढी गाउपालिकाको उपाध्यक्ष राईको अध्यक्षतामा बसेको आकास्मिक बैठकले आगोलागी पिडीतहरुका लागि तत्काल पुनस्थापना र राहत सामाग्री उपलब्ध वितरण गर्ने निर्णय गरिएको छ। उक्त बैठकले क्षतिपूर्तिका लागि संधीय सरकार र प्रदेश सरकार लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने र आगोलागी नियन्त्रणमा ज्यानको बाजी थापेर आगो नियन्त्रण गर्न खट्नु हुने नेपाल प्रहरी, स्थानीय आम बाक्सिलाबासी महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरिएको उपाध्यक्ष राईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...