News Portal

मगर संघ मकाउले माघे सक्रान्ति मनाउने, यायोक्खाले भूमि पुजा मात्र गऱ्यो

हिमालीसंचार संवाददाता
३४५ पटक

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत विभिन्न जातिय संस्थाहरुले आफ्नो मौलिक चाड, नेपालीहरुको हरेक चाड-पर्वहरुमा एक जुट भएर मनाउदै आएका छन्। मगर संघ मकाउले आफ्नो विशेष मौलिक चाड माघे संक्रान्ति भव्य रुपमा मनाउने भएको छ।

मगर संध मकाउले ०७९ सालको माघे संक्रान्ति मकाउ स्थित ल्याण्डमार्क होटलमा आगामी जनवरी १५ तारिख २०२२ साझ ६ बजेदेखि ल्याण्डमार्क होटलको बलरुप बुकिङ गरिएको संधका वरिष्ठ उपाध्यक्ष रामबहादुर मगरले हिमालीसंचारडटकमलाई जानकारी दिए।

मगर संघ मकाउका उपाध्यक्ष रामबहादुर मगरले मकाउमा रहनु हुने सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई ल्याण्डमार्क होटलमा आयोजना हुने माघे संक्रान्कि विशेष कार्यक्रममा जनवरी १५ तारिख उपस्थितिका लागि हार्दिकताका साथमा अनुरोध गरेका छन्।

किरात राई यायोक्खाले भूमि पुजा मात्र गऱ्योः किरात राई यायोक्खा मकाउले यो बर्ष उधौली साकेला चाड तथा येलेदोङ ५०८२औं अबसरमा साकेला पार्कमा सामान्य भूमिपुजा मात्र गरेका छन्।

किरात राई यायोक्खा मकाउका कार्यवाहक अध्यक्ष केशव राई (थुलुङ)ले दिएको जानकारी अनुसार अध्यक्ष राकेश राईको भर्खरै असामयिक निधन भएको हुदा औपचारिक कार्यक्रम गर्न नसकिएको जानकारी दिए।

किराया मकाउका सचिव प्रजोत हाङखिमका अनुसार संस्थाले यो बर्ष आफ्नो अध्यक्षको दुखद निधन भएको हुदा औपचारिक कार्यक्रम नगर्ने संस्थागत निर्णय गरिएको हुनाले भव्य कार्यक्रम आयोजना गर्न असमर्थ रहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...