News Portal

मोरङको रंगेली साहित्यकला समाजको उद्धाटन, स्रस्टाहरुलाई सम्मान गऱ्यो

हिमालीसंचार संवाददाता
२७५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा “मौलिक संस्कृति नै रंगेलीको पहिचान, भाषा अनि साहित्य हाम्रो अभियान” भन्ने मुल नाराका सहित रंगेली साहित्यकला समाजको उद्धाटन र स्रस्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

मोरङको रंगेलीमा पहिलो पटक रंगेली साहित्य कला समाजको स्थापना समेत गरिएको हो। रंगेली नगरपालिका वडा नं. -७  स्थित तिरुपति बालाजीको भवनमा कार्यक्रम्मको आयोजना  गरिएको थियो । 

आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टंक न्यौपाने,    विशिष्ट अतिथि रंगेली नगरपालीका प्रमुख दिलिप बगडिया, अतिथि उपमेयर भुमा पराजुली, संस्थाका चिञ्जिवि  काफ्ले, संस्थाका अध्यक्ष रमेशचन्द्र अधिकारी, अबिषेक अधिकारी, वुनु लामिछाने, भरत गुरागाई, दधिराज सुवेदी, मोरङ र झापका साहित्यकारहरुको समेत उपस्थिति रहेको थियो ।  

समुद्घाटन, स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा  प्रा . डा माधव प्रसद पोख्रेल, प्रा.डा वणीमाधव ढकाल, साहित्यकार केदार सत्याललाई समेत सम्मान समेत गरिएको थियो। कार्यक्रममा सहभागीहरुले रंगेलीमा अन्यन्त्र रहेका साहित्यकारहरुलाई निमत्रणा गरेर आफुहरुलाई सम्मान गरेका थिए। स्थानीय साहित्यकारहरु उत्साहित भएको समेत बताए । 

सम्मानित स्रष्टाहरु प्रा.डा. माधवप्रसाद पोखरेल, साहित्यकार एवम् लामो समय रंगेलीमा रहि शिक्षण पेसामा आवद्ध केदार सत्याल, प्रा.डा. वेणीमाधव ढकाल र पहिलो महिला महाकाव्यकार बुनु लामिछाने,  प्रा.डा. टंक न्यौपाने लगायतलाई  रंगेली नगर प्रमुख दिलिप बगडियाले सम्मान गरेका थिए। 

आगामी दिनहरुमा साहित्यक कार्याक्रम्मलाई प्रोत्साहन गर्ने र अझै भव्य रुपमा गरिदै लैजाने मेयर बगडियाले बताए । रंगेली नगरपालिकाको प्रवर्द्धक र रंगेली साहित्य कला समाजले उक्त कार्यक्रको आयोजना गरेका हुन्।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...