News Portal

  • लागूऔषध दूर्व्यासनी विरुद्धको अभियान लिएर मेयर साम्पाङ फोकल्याण्ड टापु पुगे (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २४९ पटक

    धरान – धरानका मेयर हर्क साम्पाङले निर्वाचित भएको पहिलो हप्तादेखि अभियानको रुपमा शुरु गरेको लागूऔषध विरुद्धको कार्यक्रम धरान-१७ स्थित फोक्ल्याण्ड टापुमा सम्पन्न गरिएको छ।

    मेयर साम्पाङले दुर्व्यासन विरुद्धको कार्यक्रम हरेक हप्ताको शुक्रबार साझ ठीक ४ः३० बजे नगरका कुनै न कुनै टोल, चोकहरुमा पुगेर विभिन्न सन्देशमुलक प्ले कार्टमा सन्देश मुलक तस्वीरहरु, पोष्टरहरु बोकेर सचेतना कार्यक्रम संचालन गर्दै आएका छन्।

    धरानमा प्रत्येक हप्ता शुक्रबार संचालन गरिने यो अभियान हेर्दा सानो देखिएता पनी पछिल्लो समय बृहत हुदै भएको छ। विशेष गरेर सचेत धराने समुह धरान, स्वतन्त्र नागरिक समाज धरान र बाझगरा एकता युवा क्लब धरान-१५ लगायत स्थानीय महिला दिदिबहिनी, दाजुभाई तथा युवाहरु आफ्नो मौलिक भेषभूषामा सजिएर सचेतना कार्यक्रममा सहभागिता भएका थिए।

    धरानमा लागूऔषध विरुद्धको जनचेतनाका लागि संचालित कार्यक्रममा साहित्यकारदेखि युवा कलाकारहरुले गीत,कविता र गजल प्रस्तुत गरेर कार्यक्रमलाई व्यापकता दिदै आएका छन् । आज पनी साहित्यकार तथा सचेत धराने समुहकी सदस्य हेनसेन याक्खाले मिठो गजल प्रस्तुत गरेकी थिईन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...