News Portal

कम्युनिस्ट सरकार असफलतातर्फ उन्मुख : डा.नारायण खड्का

हिमाली संचार संवाददाता
६८२ पटक

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले डा.केपी ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता खड्काले भने, ‘स्वयम् नेकपाकै शीर्ष नेताहरुले सरकारको आलोचना गरिरहनु भएको छ । ७ महिनाको यो छोटो कार्यकालको संकेत हेर्दा हामीले अनुमान गर्न सक्छौं ।’

नेकपाकै बरिष्ठ नेता माधवजीले ‘जहाज डुब्नै लाग्यो कोही आएर बचाईदेऊ’ भनेर गीत गाएका छन् । ‘मलाई लाग्छ त्यो उहाँले बोल्नैपर्ने भएर बोल्नुभएको हो’ उनले भने, ‘झलनाथजीले पनि सरकार असफल भयो भन्नुभएको छ । प्रचण्डजीको बोली पनि सकारात्मक छैन । सरकारको कामकारबाहीबारे नेकपाभित्रै व्यापक असन्तुष्टि छ ।’

७ महिनाको कार्यकालको समिक्षा हेर्दा वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको संकेत देखा परेको उनले बताए ।

नेकपाका नेता केशव बडालले भने सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले भने, ‘सरकार रात दिन काम गरिरहेको छ । सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन ।’ उनले मन्त्रिमण्डल फेरबदल गर्नुभन्दापनि गल्ती गर्ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्ने सुझाव दिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...