News Portal

  • सुनसरी क्षेत्र नं. १ का नवनिवार्चित प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरु र मेयर साम्पाङबीच भेटवार्ता (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १५८ पटक

    धरान – सुनसरी क्षेत्र नं. १ मा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुबीच धरान उपमहानगरपालिका धरानका नगरप्रमुख हर्क साम्पाङको कार्यकक्षमा भेटबार्ता भएको छ। 

    सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित भए लगत्तै आफ्ना मतदाता समक्ष धन्याबाद सभाका लागि सुनसरी क्षेत्र नं. १ दुवै क्षेत्रका प्रदेशसभा सदस्यहरु सहित धन्यबाद सभा कार्यक्रम लिएर जनताका घर आगन पुगेका सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित संसद अशोककुमार राई, प्रदेशसभा (क) रमेशकुमार बस्नेत र प्रदेशसभा (ख) विजयकुमार राई हिजो दिउसो अपह्रान्न धरान उपमहानगरपालिका धरानको नगरप्रमुखको कार्यकक्षमा भेटबार्ता भएको हो। 

    नगरप्रमुख हर्क साम्पाङ सप्तकोशीको पानी धरान ल्याउने विषयमा आवश्यक समन्वय गर्न बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीको कार्यकक्ष पुगेर स्थलगत अवलोकनका लागि सप्तकोशी पुगेर धरान फर्के लगत्तै नवनिर्वाचित संसदहरुसंग भेटबार्ता गरेका हुन्।

    धरान उपमहानगरपालिका पुगेका नवनिर्वाचित संसदहरुले आफुले धोषणा गरेका विकासका कार्यक्रमहरु मध्येका जोगवनी धरान सडक खण्डका ६ लेनमा स्तरोन्ति गर्ने, धरानदेखि धनकुटाको लेउती सुरुङ मार्ग र मदन भण्डारी राजमार्ग विस्तारका विषयमा स्थानीय सरकारको धारणा विषयमा नवनिर्वाचित संसद अशोककुमार राईले धरानका नगर प्रमुख साम्पाङसंग जिज्ञासा राखेका थिए। 

    त्यस्तै, धरान बजार क्षेत्रमा स्तोरन्ति गर्ने भनिएको आयोजनका म्याद गुज्रिन लागेको विषयमा नवनिर्वाचित प्रदेशसभा सदस्य बस्नेतले स्थानीय सरकारले जति सक्दो चाडो निर्णय लिन आग्रह गरेका थिए। लगत्तै नगरप्रमुख साम्पाङले सरोकारवाला, सडक विस्तार हुने वडाका स्थानीय जनतासंग आवश्यक छलफल गरेर चाडै निष्कर्षमा पुग्ने बताएका नगरप्रमुखले प्रस्तावित सुरुङ मार्ग निर्माण गर्दा सर्दु जलाधर क्षेत्रमा विनास हुने भएकाले यस विषयमा सहमत नहुने  प्रष्ट पारेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...