News Portal

सुनसरी क्षेत्र नं. १ का नवनिवार्चित प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरु र मेयर साम्पाङबीच भेटवार्ता (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२०४ पटक

धरान – सुनसरी क्षेत्र नं. १ मा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुबीच धरान उपमहानगरपालिका धरानका नगरप्रमुख हर्क साम्पाङको कार्यकक्षमा भेटबार्ता भएको छ। 

सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित भए लगत्तै आफ्ना मतदाता समक्ष धन्याबाद सभाका लागि सुनसरी क्षेत्र नं. १ दुवै क्षेत्रका प्रदेशसभा सदस्यहरु सहित धन्यबाद सभा कार्यक्रम लिएर जनताका घर आगन पुगेका सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित संसद अशोककुमार राई, प्रदेशसभा (क) रमेशकुमार बस्नेत र प्रदेशसभा (ख) विजयकुमार राई हिजो दिउसो अपह्रान्न धरान उपमहानगरपालिका धरानको नगरप्रमुखको कार्यकक्षमा भेटबार्ता भएको हो। 

नगरप्रमुख हर्क साम्पाङ सप्तकोशीको पानी धरान ल्याउने विषयमा आवश्यक समन्वय गर्न बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीको कार्यकक्ष पुगेर स्थलगत अवलोकनका लागि सप्तकोशी पुगेर धरान फर्के लगत्तै नवनिर्वाचित संसदहरुसंग भेटबार्ता गरेका हुन्।

धरान उपमहानगरपालिका पुगेका नवनिर्वाचित संसदहरुले आफुले धोषणा गरेका विकासका कार्यक्रमहरु मध्येका जोगवनी धरान सडक खण्डका ६ लेनमा स्तरोन्ति गर्ने, धरानदेखि धनकुटाको लेउती सुरुङ मार्ग र मदन भण्डारी राजमार्ग विस्तारका विषयमा स्थानीय सरकारको धारणा विषयमा नवनिर्वाचित संसद अशोककुमार राईले धरानका नगर प्रमुख साम्पाङसंग जिज्ञासा राखेका थिए। 

त्यस्तै, धरान बजार क्षेत्रमा स्तोरन्ति गर्ने भनिएको आयोजनका म्याद गुज्रिन लागेको विषयमा नवनिर्वाचित प्रदेशसभा सदस्य बस्नेतले स्थानीय सरकारले जति सक्दो चाडो निर्णय लिन आग्रह गरेका थिए। लगत्तै नगरप्रमुख साम्पाङले सरोकारवाला, सडक विस्तार हुने वडाका स्थानीय जनतासंग आवश्यक छलफल गरेर चाडै निष्कर्षमा पुग्ने बताएका नगरप्रमुखले प्रस्तावित सुरुङ मार्ग निर्माण गर्दा सर्दु जलाधर क्षेत्रमा विनास हुने भएकाले यस विषयमा सहमत नहुने  प्रष्ट पारेका थिए। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...