News Portal

धरानमा किरात याक्थुङ चुम्लुङको आयोजनामा पाच दिने उधौली चासोक तङनाम भोलीदेखि शुरु हुने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३०५ पटक

धरान – किरात याक्थुङ चुम्लुङले धरानमा लिम्बु समुदायको उधौली चाड चासोक तङनाम भोलीदेखि पाच दिनसम्म मनाउने भएका छन्। किरात याक्थुम चुम्लुङ जिल्ला कार्य समितिको आयोजनमा चासोक तङनाम धरानमा भव्य रूपमा आयोजना गर्ने भएको हो। किरात याक्थुङ चुम्लुङद्वारा आयोजित पत्रकार सम्मेलनमा किरात याक्थुम चुम्लुङले पाच दिने चासोक तङनाम चाड मनाउने जानकारी दिएका हुन्। 

लिम्बु समुदायको विशेष चाडको रुपमा मनाउदै आएका चासोक तङनाम धार्मिक अनुष्ठान अहिले साँझ किरात याक्थुम चुम्लुङ धरान -१५ स्थित आफ्नै भवनमा शुरु गर्ने आयोजकले जानकारी दिए। लिम्बु समुदायको विशेष धार्मिक अनुष्ठान तङसिङ सामूहिक रूपमा मनाउन लागेको पनी आयोजकले जानकारी दिए।

किरात याक्थुम चुम्लुङका केन्द्रिय उपाध्यक्ष डा. कमल तिगेलाका अनुसार ‘हिन्दु धर्मावलम्बीहरूको भागवत पुराण लगाए जस्तै लिम्बु समुदायको यो छुट्टै विशेष धार्मिक अनुष्ठान हो ।’ आमाबुवा दिवङ्गत भएका घरमुलीका नाममा उनको परिवारमा सुख, शान्तिका लागि तङसिंङ अनुष्ठान फेदाङमा, येवा, साम्बाहरुबाट यस्तो मुन्धुमी विशेष कार्य सम्पन्न गर्ने परम्परा रहेको उनले जानकारी दिए।

चासोक तङनामको अवसरमा लिम्बु जातिको परम्परागत मौलिक नृत्य च्याब्रुङ नृत्यको प्रतियोगिता, लिम्बु जातिको मौलिक खेलहरू, अदिकालमा पहिलो पटक हाते तानमा युमाले धागोबाट कपडा बुनेर लगाउन शुभारम्भ गरेको मुन्धुम अनुसारको थाक्थाक्मा प्रदर्शन रहने समेत जानकारी दिए।

चासोक तङनाम अबरसमा भोली नै किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेबेको जयन्ती पर्दछ। सिरिजंगा लिपि लिम्बु मातृभाषालाई लेख्य परम्परामा विकसित गर्ने नेपालको मौलिक लिपि हो । यहि लिपीलाई किरात जन्य संघसंस्थाहरुले सचालनमा ल्याएका छन्। 

प्रचार समितिका संयोजक स्वर्णिमहाङ फोम्बोका अनुसार लिम्बु भाषा संस्कृतिलाई समृद्ध बनाउने लिपिका प्रवर्तक सिरिजंगाको प्रतिमा रहेको धरान-८ तीनकुने स्थित सिरिजंगाको पूर्णकदको सालिकमा माल्यापर्ण गर्ने, किरात समुदायको एतिहासिक विजयपुर दरवार स्थलमा च्याब्रुङ नाच सहित मुन्धुमी फेदाङमा येबाहरुले पुजा गर्ने स्वास्थ्य मन्त्री भवानी खापुङको उपस्थिमा कार्यक्रम उद्धाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए। 

किरात याक्थुम चुम्लुङ जिल्ला कार्य समिति धरान-१५ स्थित १७ वटा विभिन्न मौलिक परिकार सहितको स्टलहरु रहने पनी आयोजकले जानकारी दिए। आयोजित कार्यक्रमको अन्तिम दिन प्रदेश प्रमुख प्रशुराम खापुङको उपस्थितिमा किरात याक्थुम चुम्लुङले आफ्नो कार्यक्रम समापन गर्ने जानकारी दिए।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...