
धरान – किरात समुदायको उधौली चाड येलेदोङ ५०८२औं तथा धान्य पूर्णिमा दिन देविटार मेलाको अवसरमा याम्फु किरात समाजले उधौली चाड मनाउने भएको छ।
“देविटार जाउ गेलाङ याम्फु संस्कार संस्कृतिको संरक्षण गरौ” भन्ने मुल नाराका साथमा याम्फु किरात समाज चिचिला गाउँपालिका वडा नं. ५ कार्य समितिद्वारा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रमका संयोजक विवश याम्फु राईका अनुसार संखुवासभा जिल्लाका मौलिक नृत्य गेलाङ नाच तथा एतिहासिक प्रथम याम्फु भाषाका कविता प्रतियोगिता समेत हुने जानकारी दिए।
संखुवासभाको चिचिला गाउँपालिकाको इभा देविटार स्थित आगामी २३ गते उक्त कार्यक्रम हुन लागेको समाजका सचिव रामप्रसाद याम्फु राईले हिमालीसंचारडटकमसंग बताए।