News Portal

मृतक उषा राईलाई सामुहिक कुटपिट गर्ने ४ जना आरोपित प्रहरीले सार्वजनिक गऱ्यो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१५६१ पटक

धरान –  धनकुटा घर भएकी एकल महिला धरान वडा नं. १३ स्थित डेरी गरी बस्ने उषा राईमाथि सामुहिक रुपमा जथाभावी कुटपिट गरी गम्भीर घाइते भएकी उषा राईको उपचारका क्रममा वीपी प्रतिष्ठानमा मृत्यु भयो। मृतक उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपित सहित अन्य तीन जना आरोपित महिलाहरुलाई इलाका प्रहरी कार्यालय धरानले आज सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषा राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंसिर १३ गते मृत्यु भएपछि मृतक उषा राईको भाई सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सोही किटानी जाहेरीको आधारमा ४ जना महिलाहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए। अन्य आरोपितहरुको खोजी भइरहेको पनी डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रहरीले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार मुख्य आरोपित भनिएकी धरान- १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राईलाई गत मंसिर १५ गते २६ बर्षीया सुमित्रा राई मंसिर १६ गते र धरान १७ की २९ बर्षीया सुसेली राई र अर्की एक आरोपित ४० बर्षीया रत्न लिम्बु सुब्बालाई मंसिर १८ गते पक्राउ गरेको जानकारी दिए।  

सामुहिक कुटपिटको उक्त घटनामा संलग्ना रहेको जाहेरी परेकाहरु सिर्जना राई, मिना राई र निरकुमारी गुरुङलाई पनी प्रहरीले खोजी कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ । अर्की एक आरोपित मिना राई भन्ने को हुन् भन्ने प्रस्ट खुल्न नसकेको पनि डिएसपी श्रेष्ठले बताए । उक्त घटनमा नाम नखुलेता पनी उक्त घटना भएको समयमा खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि अनुसन्धान, पहिचान र खोजी गर्ने कार्य भइरहेको प्रहरी जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...