News Portal

  • मृतक उषा राईलाई सामुहिक कुटपिट गर्ने ४ जना आरोपित प्रहरीले सार्वजनिक गऱ्यो (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १४९५ पटक

    धरान –  धनकुटा घर भएकी एकल महिला धरान वडा नं. १३ स्थित डेरी गरी बस्ने उषा राईमाथि सामुहिक रुपमा जथाभावी कुटपिट गरी गम्भीर घाइते भएकी उषा राईको उपचारका क्रममा वीपी प्रतिष्ठानमा मृत्यु भयो। मृतक उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपित सहित अन्य तीन जना आरोपित महिलाहरुलाई इलाका प्रहरी कार्यालय धरानले आज सार्वजनिक गरेको छ।

    इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषा राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंसिर १३ गते मृत्यु भएपछि मृतक उषा राईको भाई सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सोही किटानी जाहेरीको आधारमा ४ जना महिलाहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए। अन्य आरोपितहरुको खोजी भइरहेको पनी डिएसपी श्रेष्ठले जानकारी दिए ।

    प्रहरीले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार मुख्य आरोपित भनिएकी धरान- १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राईलाई गत मंसिर १५ गते २६ बर्षीया सुमित्रा राई मंसिर १६ गते र धरान १७ की २९ बर्षीया सुसेली राई र अर्की एक आरोपित ४० बर्षीया रत्न लिम्बु सुब्बालाई मंसिर १८ गते पक्राउ गरेको जानकारी दिए।  

    सामुहिक कुटपिटको उक्त घटनामा संलग्ना रहेको जाहेरी परेकाहरु सिर्जना राई, मिना राई र निरकुमारी गुरुङलाई पनी प्रहरीले खोजी कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ । अर्की एक आरोपित मिना राई भन्ने को हुन् भन्ने प्रस्ट खुल्न नसकेको पनि डिएसपी श्रेष्ठले बताए । उक्त घटनमा नाम नखुलेता पनी उक्त घटना भएको समयमा खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि अनुसन्धान, पहिचान र खोजी गर्ने कार्य भइरहेको प्रहरी जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २७ गतेको राशिफल

    आज असार २७, २०८२ (जुलाई ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

    मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद...

    त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

    चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात...

    किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

    काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो...

    कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

    काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई...