News Portal

माया धराने साबुन फ्याक्ट्रीको निमार्ण उपभोक्ता तथा अनुगमन समिति, वीपी पार्क ट्रस निर्माण उभोक्ता समिति गठन (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३६० पटक

धरान – धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङको अध्यक्षतामा वडा नं. २० का वडाकार्यालय भवन देवी गाउमा माया धराने साबु फ्याक्ट्री निर्माण उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरिएको छ। 

धरान वडा नं. २० स्थित नमुना टोलमा बन्न लागेको माया धराने साबुन फ्याक्ट्रीका लागि दत्तकुमार लिम्बुको अध्यक्षतामा वडा नं. २० को वडा कार्यालय देवी गाउमा एघार सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको हो। उपभोक्ता समितिका उपाध्यक्ष रामबहादुर लिम्बु, सचिव तुलसा सुब्बा, कोषाध्यक्ष भीमकुमारी राई, सदस्यहरुमा कर्णबहादुर राई, प्रेमकुमार राई, समला राई, लोकबहादुर राई, मञ्चु राई, लक्ष्मिकुमारी राई र पदमबहादुर राई रहेका छन्। 

त्यस्तै, उक्त भेलाले वडा नं. २० का वडाध्यक्ष पदमबहादुर लिम्बुको संयोजकत्वमा पाच सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ। सदस्यहरुमा पञ्चमी राई, सारदाकुमारी राई, दिनेश बान्तावा राई र रामप्रसाद राई रहेका छन्। 

वीपी पार्क ट्रस निर्माण उपभोक्ता समिति गठनः धरान वडा नं. २० स्थित समीर तामाङको अध्यक्षतामा वीपी पार्क ट्रस निर्माण उपभोक्ता समिति समेत गठन गरिएको छ। उक्त निर्माण समितिमा ओमकुमार राई सचिव  र चन्द्रकला याक्खा कोषाध्यक्ष रहेको तीन सदस्यीय उपभोक्ता निर्माण समिति समेत गठन गरिएको हो।  

धरान वडा नं. २० वडाकार्यालयमा बसेको बैठकले राष्ट्रिय बाणिज्य बैंकमा संचालन हुने गरी बैंक खाता खोल्ने, वीपी पार्क ट्रस निर्माण उपभोक्ता समितिका सदस्यहरुको संयुक्त हस्ताक्षर मार्फत खाता संचालन गर्ने समेत निर्णय गरेका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...