News Portal

  • नेपाल आदिवासी जनजाति महासंघ मकाउद्वारा भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    ४५४ पटक

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत नेपाल आदिवासी जनजाति महासंघ मकाउद्वारा भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। 

    आदिबासी जनजातिहरुको मौलिक चाड पर्वहरुको पूर्व सन्ध्यामा नेपाल आदिवासी जनजाति महासंघ मकाउद्वारा भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रमको आयोजना गरी नेपाली समुदायहरु वीचको सद्भाव, भाइचारा आत्मिक सम्बन्धलाई वलियो बनाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको महासंघका सचिव मेघराज नयोङहाङ लिम्बुले हिमालीसंचारडटकमसंग बताए। 

    कोरोना महामारीको कारण मकाउ सरकारले विशेष लकडाउन गरिएको मकाउमा पछिल्लो समय मकाउमा सार्वजनिक कार्यक्रम तथा भेटघाट पातलिएको समयमा महासंघले भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम पोर्तास बोडरगेट मकाउमा आयोजना गरेको हो। 

    मकाउमा गठीत जातिय संघ संस्थाका प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको सचिव नयोङहाङले बताए। सचिव नयोङहाङका अनुसार किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा मकाउ, तामाङ धेदुङ संघ मकाउ,  गुरुङ ‘तमु’ समाज मकाउ सार चीन, शेर्पा समाज मकाउ, मगर संघ मकाउ, नेवा गुठी संघ मकाउ र गैरआवासीय नेपाली संघ मकाउको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    मकाउमा ओक्टुवर महिनासम्म पब्लिक सेक्युरिटी पोलिस फोर्सका अभिलेख अनुसार २,७७२ जना नेपाली श्रमिकहरुले मकाउमा श्रम गरिरहेका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...