News Portal

बलत्कार आरोपित भोजराजलाई जिल्ला अदालत सुनसरीले दियो सफाई बिहे गरेकी छोरीले फेरी अंश दाबी गरिन (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५३२ पटक

धरान – धरान उपमहानगरपालिका धरान-१५ निवासी भोजराज थापाले पूर्व श्रीमती माया विष्टसंग सम्बन्ध विच्छेत गरेको १९ दिनपछि बलात्कार गरेको आरोपमा पक्राउ परेका थापालाई जिल्ला अदालत सुनसरीले सफाई दिएको छ।

बलात्कार आरोपित थापाले गत आइतबार पत्रकार सम्मेलन गर्दै आफुले सम्मानित जिल्ला अदालत इनरुवा सुनसरीबाट उक्त मुद्धामा सफाइ पाएको बताएका हुन्। 

बलात्कार आरोपित थापाले पत्रकार सम्मेलनमा मेरो श्रीमती माया बिष्टले २०७८ असोज २० मा म बाट अंश लिएर सम्बन्ध बिच्छेद गरेको १९ दिनमा नावालक छोराको जन्मदर्ता लिन जाँदा उनले मलाई घरको सिटिङरुममा उ लगायत उनको बहिनी सम्झना विष्ट, छोरी अनुसा थापा मगर, अनिस थापाले मलाई लछारपछार पारी मेरो हातको ३.५ तोलाको ब्रासलेट र आइफोन १२ प्रो मोबाइल लुटेपछि म लुटिएको महसुस भइ गुहार गुहार गरेर कराउदा छिमेकी दाई अमर तामाङ र मुरारी सुवेदीले संरक्षण दिनु भएर म बाचे। त्यसपछि मलाई बलात्कार मुद्धा लगाएर ३.५ महिना जेल बसेर सादा तारिखमा छुटेको थिए। 

त्यस बेला सामाजिक संजाल लगायत मिडियामा मलाई आरोप लागेको थियो। अहिले मैले सम्मानीत अदालत इनरुवाबाट सफाइ पाएको छु। तर पनी म अहिले रोडमा आएको छु। अदालतले छुटाएको अंशमा घर पनी उनीहरुले नै हडपेर बसेको छन्। 

त्यस्तै, छोरी अनुसा थापामगरको विवाह ०७४ मंसिरमा सामाजिक परम्परा अनुसार विवाह गरी दिएको अहिले आएर म अविवाहित छु भनेर अंश चलन मुद्धा हालेकी छिन्। जुवाईको नाम रुपेश मगर हो। वहाको सयम् बाजेलाई पनी यस प्रेस मिटमा राखेको छु। अव वहाले पनि बोल्नु हुन्छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...