News Portal

दशैं टीका : शीतल निवास भन्दा निर्मल निवासमा सर्वसाधारणको घुइँचो

हिमाली संचार संवाददाता
१५१७ पटक

काठमाडौं – राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे छ । ९ बजेर ५१ मिनेटको शुभसाइतमा टीका तथा जमरा ग्रहण गरेसँगै राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाईदिनुभएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न १ बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिएर अपराह्न २ बजेदेखि सर्वसाधारणलाई टीका लगाईदिनुभएको थियो । राष्ट्रपतिको हातबाट टीका लगाउन बृद्धबृद्धा, अशक्त समेत पुगेका थिए ।

यस्तै, प्रधानमन्त्री डा.केपी शर्मा ओलीले पनि टीका ग्रहण गरेसँगै सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे थियाे । अपराह्न ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार सर्वसाधारणका लागि खु्ला गरिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विभिन्न दलका नेता, शुभचिन्तक तथा सर्वसाधारणलाई टीका लगाईदिनु भएकाे छ ।  निर्मल निवासमा टीका ग्रहण गर्नेहरुकाे लामै लाइन लागेकाे देखियाे ।

पूर्वराजाले गत वर्ष सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे थिएन । यस वर्ष भने राजतन्त्रप्रति झुकाव राख्ने राजनैतिक व्यक्तित्वदेखि सर्वसाधारणसम्म पूर्वराजा-रानीकाे हातबाट टीका तथा जमरा ग्रहण गर्न निर्मल निवास पुगेका थिए ।

पूर्वराजा शाहले यस वर्ष विजयादशमीको दिन टीका थाप्न निर्मल निवास पुगेका सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि टीका जमरा लगाइदिनुभएकाे हाे । राप्रपाका अध्यक्ष कमल थापाले पनि सधैँझैँ यस सालकाे दशैँमा पनि पूर्वराजा-रानीबाट टीका ग्रहण गर्नुभएकाे छ ।

अपराह्न तीन बजेदेखि निर्मल निवासमा पूर्वराजा शाह र रानी कोमलले सर्वसाधारणलाई टीका लगाईदिनु भएकाे थियाे । टिका लगाउन निर्मल निवासमा  सर्वसाधारणको घुइँचो लागेकाे थियाे ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...