News Portal

मृतक उषा राईको हिजै अन्त्येष्टि, कान्छी छोरीलाई सरस्वती सिशु बोर्डिङ स्कुलले पढाई दिने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१०९२ पटक

धरान – धरान -१३ स्थित सूर्यमार्गमा सामुहिक कुटपिटपछि वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएकी उषा राईको हिजो शनिबार राती अन्त्येष्टि गरिएको छ। 

मृतक उषा राईको परिवार र आन्दोलरतबीच पोष्टमेटम भएको शव जिम्मा लिने, नलिने विषयमा कुरो नमल्दा दिनभरी स्थिति तनावपूर्ण थियो। घोपा क्याम भित्रको मर्चरी परिसरमा ठुलो संख्यामा प्रहरी तैनाथ थिए। अन्तिम समयमा दाहसंस्कारका लागि परिवारले जिम्मा लिने सर्वपक्षीय सहमति भएपछि हिजो साझ परिवारले शव जिम्मा लिएर अन्तिम दाहसंस्कार गरेका छन्।

मृतक उषा राईको न्यायको लागि चौतर्फी जनदवाब र प्रशासन घेरा हालेपछि उषा राई मृत्यु प्रकरणले उग्ररुप लिएको थियो। मृतक उषा राईको पक्षमा आन्दोलनरत महिलाहरुले आरोपित उर्मिला राईको घर र जनजागृति आमा समुहका अध्यक्षको घर समेत घेरा हालेपछि प्रहरीले सुरक्षा दिइरहेको छ। 

धनकुटाको शहिदभुमी गाउपालिका घर भएकी उषा राई धरान- १३ स्थित सूर्यमार्गमा डेरा गरी त्यहि चोकमा टेलर्स व्यवसाय गरेर बस्दै आएकी थिइन्। धरान -१३ कै उर्मिला राईले आफ्नो श्रीमान गोविन्द्र राईसंग नजिकिएको भन्दै उनको टेलर्समा गएर सामुहिक रुपमा जथाभावी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी राईको वीपी प्रतिष्ठानमा उपचारकै क्रममा उनको मृत्यु भयो। 

जनदबावले सहजः मृतक उषा राईको माईती माधवकुमार राईले जाहेरी दिएपछि व्यापक रुपमा इटहरी, धरानका जनसमुदाय र महिलाकर्मी सबैले आवश्यक दवाव दिएपछि थप हामीलाई सहज भएको बताए। 

मृतक उषा राईको दुइटी बाच्चाहरुको लालनपालनका लागि वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, धरान उपमानगरका उपमेयर अइन्द्रविक्रम बेधा लगायतका जनप्रतिनिधिहरुले आश्वसन दिनु भएको उनको भनाई छ। त्यस्तै, प्रहरीले कानून मुताविक कारवाही प्रक्रियामा कुनै कसर नराख्ने आश्वसन दिएको उनको भनाई छ। 

मोष्टमेटमका रिपोर्ट नै महत्वपूर्ण हुने भएकाले डाक्टरको सत्य तथ्य रिपोर्ट बाहिर आउने उनको विश्वास रहेको छ। त्यस्तै, यो आन्दोलनमा सहभागि इटहरीबासी, धरानका सहयोगीहरुमा वहाहरु प्रति हार्दिक हाम्रो धन्यबाद छ। वहाहरुलाई भित्री हृदयदेखि नै धन्यबाद गर्छौं । हाम्रो लागि, हाम्रो निम्ति पिडीत पक्षको निम्ति केहि कुरा बोल्दिनु नै हाम्रो लागि ठुलो कुरा भयो। अभियुक्तहरु पक्राउ पर्न सफल भएका छौं। वास्तविक अपराधिहरु नफुत्कियोस्, धटनामा संलग्न सबैलाई कडा कारवारी होस् निर्दोसहरुले नपरोस् उनको भनाई थियो। मृतक राईको श्रीमान गत बर्ष मृत्यु भएको थियो। उनको २ छोरीहरु छन्। 

कान्छी छोरीलाई बमबहादुरले निःशुल्क पढाइ दिने: सरस्वती सिशु इङ्लिस बोर्डिङ स्कुल धरान -१५ का संस्थापक प्रिन्सिपल बमबहादुर विश्वकर्माले मृतक उषा राईको कान्छी छोरीलाई निःशुल्क पढाइ दिने भएका छन् । मृतक राईको शव उठाने क्रममा सर्वपक्षीय छलफल हुदा संथापक प्रिन्सिपल विश्वकर्माले कान्छी छोरीलाई पढाउने प्रतिवद्धता गरेका हुन्।

ठुलो छोरी स्मृति राई बमबहादुर विश्वकर्माले संचालन गरेका स्वरस्वती सिशु इङ्लिस् बोर्डिङ स्कुल धरान -१५ मा अध्यायपन गराउछिन् । प्रिन्सिपलका अनुसार “अब त झन जटिन अबस्था आयो। उनलाई झन अबसर दिनु पर्छ। उनकी बहिनीलाई फ्रि अफ कष्टमा अध्ययनको लागि बाटो खुल्ला गरि दिएको छु।’ वान हेन डिसिजन गर्ने भएको हुनाले मैले बोले सक्यो। माइनुट गरेर उनलाई पढाउछु।’ कान्छी छोरी हाल सत्य साई बोर्डिङ स्कुलमा अध्ययनरत छिन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...