News Portal

सामुहिक कुटपिटको घटनामा हाम्रो कुनै संलग्नता छैन – आमा समुह

हिमालीसंचार संवाददाता
३१३५ पटक

धरान – धरान वडा नं. १३ स्थित डेरा गरी बस्ने एकल महिला उषा राईमाथि सामुहिक रुपमा जथाभावी आक्रमण गरी गम्भीर घाइते भएकी राईको मृत्यु भएपछि आमा समुहले पत्रकार सम्मेलन गरी आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।

धरान १३ स्थित सूर्यमार्गमा डेरा गरी बस्ने उषा राई आफ्नो श्रीमानसंग नजिकीएकी आरोपमा ठुलो संख्यामा उषा राईको टेलर्स पुगी जथाभावी कुटपीट गर्दा गम्भीर घाइते भएकी उषा राईको मृत्यु भएको छ । गम्भीर घाइते राईको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार पश्चात डिस्चार्च भएकी राईले इलाका प्रहरी कार्यालयमा मिलापत्र समेत गरेकी थिइन्। 

राईको स्वास्थ्यमा पुनः समस्या आएपछि एक साताअधि वीपी प्रतिष्ठानमा भर्ना भएकी उनको गत मंगलबार प्रतिष्ठानमा निधन भएको छ। सामुहिक रुपमा कुटपिटमा संलग्न महिलाहरुविरुद्ध प्रहरीमा किटानी जोहरी परेपछि अहिले अभियुक्त सबै फरार रहेका छन् ।

पछिल्लो समय यो घटनाले सामाजिक संजाल तातिएको छ। एकल महिलामाथि सामुहिक रुपमा कुटपीटमा आमा समुह आवद्ध भएको भन्दै सामाजिक संजालमा आमा समुहमाथि प्रहार भइरहेको छ। धरान-१३ स्थित मृतक राईकी छिमेकीहरुले अमानवीय व्यावहारमा दिदिबहिनी उत्रिएको गुनासो गरेरहेका छन्। घटनाको प्रत्येक्षदर्शी लक्ष्मिमाया काफ्लेका अनुसार बाघले आक्रमण गरे जस्तो जथाभावी घुस्सा मुक्का प्रहार गरिएको बताइन्। 

घटनामा किटानी जाहेरी आइसकेकोले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। जाहेरीमा उल्लेखित नाम भएका अभियुक्तहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।  

यो घटनमा हाम्रो संलग्नता छैनः आमा समुह

धरान वडा नं. १३ मा विस २०६४ मा स्थापित जनजागृति आमा समुह अहिले विवादमा तानिएको छ। आमा समुहले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै धरान-१३ स्थित घटेको घटनामा आफ्नो आमा समुहको कुनै संलग्नता नरहेको संस्थाकी अध्यक्ष निर्मला तिम्सिनाले बताएकी छन्। तर, उक्त घटनामा  संलग्न केहि व्यक्ति संस्थागत नभएर व्यक्तिगत रुपमा संलग्नता भएको र ती व्यक्तिले गरेको अपराधप्रति यो संस्था कुनै पनी किसिमको जिम्मेवार नरहेको समेत स्पष्ट गरे। 

त्यस्तै, संस्थाकी सचिव सर्मिष्टा राईका अनुसार आफ्नो संस्थाले अहिलेसम्म महिला हिंसा विरुद्ध काम गर्दै आएको तर, महिलामाथि दमन हुने खाले गतिविघिमा संलग्न नभएको स्पष्ट पारेकी थिइन्। महिला पिडीतबाट आएको मुद्धालाई सामाजिक रुपमा निदान खोजी गर्ने र सामाजिक मेलमिलापमा समाधान गर्दै आएको बताए। हाम्रो संस्था सामाजिक न्यायको लागि स्थापना भएकाले पनी यस्तो अन्यायपूर्ण कार्य गरेको भन्ने कल्पना गर्न नसक्ने बताए। 

उक्त घटना घट्नु पहिले समस्याको समाधानका लागि आफ्नो संस्थामा कुनै उजुरी नआएको, आफ्नो समुहले महिला हिंसा विरुद्ध काम गर्दै आएको बताएका समुहले यस घटनामा संलग्न दोषीलाई कारबाही, पीडितलाई न्याय दिलाउन सम्बन्धित निकाय समक्ष जोडदार माग समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...