News Portal

वामदेव गौतम ससंदमा : माधव नेपाल

८५८ पटक

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अर्का शीर्ष नेता वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु आफूहरुको कमजोरी रहेको स्विकार गरेका छन् ।

शुक्रबार साँझ प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो खुलासा गरेका हुन् । उनले गल्ती स्विकार गर्दै भने,”वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु हाम्रो कमजोरी भयो । उहाँलेमात्रै होईन, नारायणकाजीले पनि जित्नुपर्दथ्यो । अब उहाँहरुलाई संसदमा ल्याउनेबारे छलफल गर्नुपर्छ।”

उनले नेता गौतम चुनाव उठ्दा कसैलेपनि आपत्ति गर्न नहुने धारणा समेत राखे। उनले भने,”पार्टीभित्र कुनै विरोध भएको छैन । गौतमजी ससंदमा चाहिन्छ ।” उनले वामदेवलाई संसदमा ल्याउनेबारे सबैको एकमत रहेको पनि सुनाए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्ने पक्षमा अहिले कोही पनि नरहेको उनले स्पष्ट पारे । उनले भने -अस्थिरता पैदा गर्ने काम कसैले पनि गर्नुहुँदैन् । यो पार्टीले नै ५ वर्षसम्म सरकार चलाउँछ । कम्युनिष्ट पार्टीले नै अर्को पाँच वर्ष, अर्को पाँच वर्षसम्म पनि सरकार चलाउँछ ।”

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...