News Portal

  • सुनसरी-१ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: अशोक राईले मतान्तर घटाए (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ७३३ पटक

    धरान – सुनसरी-१ प्रतिनिधिसभा सदस्यतर्फको कुल ५६,८७२ मतगणनाको ताजा नतिजा सार्वजनिक हुदा एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले मतान्तर घटाएका छन्। 

    उनले ११,३४१ मत प्राप्त गर्दा अहिलेसम्म अग्रस्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन) ले ११,५३३ मत प्राप्त गरी अग्रस्थानमै रहेकी छिन्। उनीहरुको १९२ मतको मतान्तर रहेको छ। धरान उपमहानगरपालिका धरानका सबै वडाको मतगणना सकिएको छ। अहिले बराह नगरपालिका वडा नं. १ का औलिया माविको मतदान केन्द्रको मतगणना भइरहेको निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले जानकारी दिए।

    लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले ९,०४७ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा ६,६२४ मत, राप्रपाका अशोककुमार राई (अविरल)ले ५,३६९ मत र स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,५९८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सभागृह धरान सुनसरीले जनाएको छ। 

    जनमत पार्टीका फत्तबहादुर खड्काको चुनाव चिन्ह्र लाउड स्पिकर-१९३ मत, किरात खम्बुवान साझा पार्टीका देविबहादुर राईको चुनाव चिन्ह्र ढाका टोपी-१४० मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर श्रेष्ठको चुनाव चिन्ह्र कुखुराको भाले- १३५ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सरस्वती सुब्बा चुनाव चिन्ह्र दाप सहितको खुकुरी-५७७मत प्राप्त गरेका छन्।

    यस्तै, जनसमाजवादी पार्टी नेपालका मंगल सिंह लिम्बुको चुनाव चिन्ह्र पाचकुने तारा-१९७ मत, स्वतन्त्र उम्मदेवार करुणा राईको चुनाव चिन्ह्र पानीको फिल्टर-१५४ मत, स्वतन्त्र उम्मेदवार कुमार कार्कीको चुनाव चिन्ह्र धण्टा घर-१,५५१ मत, स्वतन्त्र उम्मेदवार कुल बहादुर लिम्बुको चनाव चिन्ह्र क्रस खुकुरी-२२७ मत, स्वतन्त्र उम्मेदवार कृष्ण कुमार राईको चुनाव चिन्ह्र चापाकल -९९ मत,  स्वतन्त्र उम्मदवार जीवनकला राईको चुनाव चिन्ह्र पोते सहितको तिलहरी-३८ मत प्राप्त गरे।

    स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जार-३,६२९ मत, स्वतन्त्र उम्मेदवार वासु प्रसाद उपाध्याय (चालिसे)को चुनाव चिन्ह्र पुतली-४५ मत, स्वतन्त्र उम्मेदवार विजयकुमार राईको चुनाव चिन्ह्र छत्रे टोपी-११५ मत र स्वतन्त्र उम्मेदवार संजयकुमार राईको चुनाव चिन्ह्र सेलरोटीको चाङ-३३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जनाएको छ। 

    सुनसरी-१ (ख) प्रदेशसभातर्फ एमालेकै निरन्तर अग्रता:

    सुनसरी – १ (ख) प्रदेशसभातर्फ नेकपा (एमाले)का उम्मेदवार विजयकुमार राईले ५,१२७ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेका छन्। 

    प्रदेशसभा (ख) तर्फको मतपरिणाम सार्वजनिक गर्ने क्रममा निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले दिएको जानकारी अनुसार १७,२१५ मतगणनाको मतपरिणाम सार्वजनिक गर्दा राईले अग्रता कायमै राखेका हुन्। 

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अनिश ढकालले ३,३९६ मत, स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईको चुनाव चिन्ह्र लालटिनमा २,२५१ मत, नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राईले २,५७१ मत, स्वतन्त्र रोहित सुब्बाको चुनाव चिन्ह्र क्यालकुलेटरमा १,६७७ मत प्राप्त गरेका छन्। 

    संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बुले ५१३ मत, स्वतन्त्र उम्मेदवार मित्राकुमारी अधिकारीको चुनाव चिन्ह्र पानीको धारामा-३५७ मत, नागरिक उन्मुक्ति पार्टीका ओमप्रकास थारुको पिध नभएको साधा ढकिया-२६ मत, किरात खम्बुवान साझा पार्टीका भूपि राईले २७४ मत, स्वतन्त्र उम्मेदवार विन्द्रमान राईको चुनाव चिन्ह्र विजुलीको चिममा – २२५ मत स्तन्त्र उम्मेदवार शरण राईको चुनाव चिन्ह्र केराको काइयोमा -२८ मत, स्वतन्त्र उम्मेदवार राजन बस्नेतको चुनाव चिन्ह्र फुटबल खेलाडीमा-२३ र स्वतन्त्र उम्मेदवार रिकेश विश्वकर्माको चुनाव चिन्ह्र सारंगीमा-१९ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal