News Portal

सुनसरी-१ (क) प्रदेशसभातर्फ नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३०२ पटक

धरान – सुनसरी – १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापाले ९, ७५२ मत प्राप्त गरे। एमालेका बस्नेतले उनका प्रतिद्वन्द्वी कांग्रेसका थापालाई १,३५० मतान्तरले पराजीत गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले दिएको जानकारी अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ८,३६३ मत, स्वतन्त्र उम्मेदवार समीर तामाङले ४,४६३ मत, हाम्रो नेपाली पार्टीका विजय कालिकोटेले १,२५८ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोलामान बर्देवाले १,२४५ मत अर्को स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रष्ठले १,०६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए।

नेकपा (माले) पार्टीको भूमिगतकालमा एरिया शिक्षक संक्रियदलमा रहेर पार्टीका काम गरेका उनले नेकपा (माले) हुदै पञ्चकन्य गाविसको पार्टी सचिव हुदै नेकपा (एमाले) पार्टीमा जिल्ला अध्यक्ष हुदै हाल प्रदेश कमिटी सचिवालय सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...