News Portal

सुनसरी – १ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणामः माओवादीको अग्रता कायमै, जसपा नेपाल निरन्तर दोस्रो स्थानमा (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४८९ पटक

धरान – सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले एक हजार ८९८ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।

त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले एक हजार ५६८ मत प्राप्त गरी दोस्रो स्थान कायम गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शरिन ख्वाङ तामाङ (गोमा) ले एक हजार ५०० मत, एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा एक हजार २०२ मत र राप्रपाका अशोक राई (अविरल) ले एक हजार १११ मत प्राप्त गरेको निर्वाचन कार्यालय सभागृह धरानले जनाएको छ। 

त्यस्तै, पानीको जार-२५१, घण्टा घर-१५०, सूर्यमुखी-१४१, पाचकुने तारा-४५, दापसहितको खुकुरी-४४, लाउड स्पिकर-३४, पानीको फिल्टर-२२, सेलरोटीको चाङ-१८, चापकल-१७, कुखुराको भाले-११, ढाका टोपी-१०, पुतली-८ र छत्रे टोपीमा-६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएको हो। 

अहिले निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सुनसरी-१ प्रतिनिधिसभा सदस्य तर्फको मतगणनाको कुल ८ हजार ४३६ मतगणनाको मतपरिणाम सार्वजनिक गरेका हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...