
धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ)ले नगरका जमिन मिचेर बेच्ने दलाल माफियाहरुलाई जेल हालदिने चेतावनी दिएका छन्।
मेयर साम्पाङले सामाजिक संजाल फेसबुक पेजमा भनेका छन् “नगरको जमीन मिचेर सोझासाझालाई बेच्ने अनि आफ्नो नाम नभन्नु है भन्ने गरेको बुझियो ! अब त्यस्ता टहराहरु सबै भत्काइनेछ ! त्यस्ता दलाल माफियाहरुको कुरा नसुन्नु होला ! माफियालाई जेल हाल्दिने हो अब !”
मेयर साम्पाङले नगरको जमिन अतिक्रमण गरी बनाएका टहराहरु सबै भत्काउने र नगरको जमिन बेच्ने दलाल माफियालाई जेल हाल्ने चेतावनी दिएका हुन्। मेयर साम्पाङले त्यस्ता दलाल माफियाहरुको अनावश्यक कुरा नसुन्न सर्वसाधारण नगरबासी समक्ष अनुरोध समेत गरेका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
