News Portal

  • जान्ह्वी कपूरको ग्ल्यामर अवतार

    ११९९ पटक

    आफ्ना जमनाकी सुपरस्टार श्रीदेवी अक्सर छोरी जान्ह्वीलाई डोहोर्‍याएर बलिउड इभेन्टहरुमा देखा पर्थिन् । श्रीदेवी चाहन्थिन्, छोरी पनि आफुजस्तै ग्ल्यामर उद्योगमा प्रवेश गरुन् । यद्यपी बद्नामी झेल्न नपरोस् । त्यही कारण उनी जान्ह्वीलाई आफ्नो नियन्त्रणमा राख्ने गर्थिन् ।

    जान्ह्वीले पनि आमाकै पदचाप पच्छ्याउादैन बलिउडमा प्रवेश गरिन् । करण जौहरको फिल्म ‘धडक’मा उनलाई केन्दि्रय भूमिका मिल्यो । अपोजिटमा थिए, इशान खट्टर । यि बलिउड किड्सले डेब्यु फिल्ममा कस्तो काम गर्ने हो ? सर्वत्र कौतुहलता थियो । संभवत सबैभन्दा कौतुहलता आमा श्रीदेवीलाई थियो होला ।

    तर, आफ्नै मार्गदर्शनमा अभिनेत्री बनेकी छोरीको फिल्म हेर्न पाइनन्, श्रीदेवीले । वैवाहिक कार्यक्रममा सहभागी हुन दुबई पुगेकी श्रीदेवीले त्यतीबेला प्राण त्याग गरिन्, जतिबेला छोरी जान्ह्वी ‘धडक’को छायांकनमा व्यस्त थिइन् ।

    करियरको पूवार्द्धमा जान्ह्वीले असह्य चोट भोग्नुपर्‍यो । श्रीदेवीकी दुई छोरीमध्ये जान्ह्वी आमाको प्रिय थिइन्, कान्छी खुसी बुवाको । भनौं, जान्ह्वीको निम्ति आमा एक आमा मात्र नभएर सबथोक थियो । साथी, सहयोगी, मार्गदर्शक सबै ।

    आमा गुमाइसकेपछि पनि जान्ह्वीले आफ्नो लय गुमाइनन् । जसै ‘धडक’ सार्वजनिक भयो, जान्ह्वीले आमाकै आदर्शलाई पालना गरेको पुष्टि भयो । आमाले आफुलाई भनेको कुरा जान्ह्वीले यसरी साझेदार गरेकी छिन् , ‘तिमीले फिल्ममा कस्तो भूमिका पाउाछौं, त्यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा त त्यो हो, उक्त भूमिकालाई तिमीले कसरी निर्वाह गर्छौं ।’ आमाको यही गुरुमन्त्रलाई आत्मसात गरे उनले आफ्नो चरित्रलाई प्राण दिइन् ।

    आमाको मृत्युपछि उनले आमाको नाममा एक मार्मिक पत्र लेखेकी थिइन्, जसमा भनिएको थियो, ‘म आफ्नो छातीमा पीडादायक सून्यता महसुष गरिरहेको छु । मलाई थाहा छ कि अब मैले यस्तै रहन सिक्नुपर्छ । मलाई लाग्छ कि तपाईको दुख र पीडाले मेरो रक्षा गरिरहेको छ । जब म आाखा बन्द गर्छु, केवल राम्रो कुरा याद आउाछ । मलाई थाहा छ कि, तपाईंले नै यो सबै गराइरहनुभएको छ ।’

    जान्ह्वी अहिले आफ्नो लयमा फर्किसकेकी छिन् । उनलाई विभिन्न बलिउड इभेन्टमा उन्मुक्त रमाइरहेको देखिन्छ । केही समयअघि ईशान खट्टरसाग उनको अफेयर रहेको चर्चा थियो । तर, अहिले उनीहरुबीच त्यस्तो हिमचिम देखिदैन । त्यसो त उनको नाम शिखर पहारियासाग पनि जोडियो । यी मिस्ट्री ब्वाईसाग अरु बलिउड स्टार किड्सको राम्रो मेलमिलाप देखिन्छ । शिखर मुम्बईका ब्यावसायी संजय पहारियाका छोरो हुन् । जान्ह्वी उनैसाग डेट गरिरहेको चर्चा चलेपनि त्यो अहिले मत्थर भइसकेको छ ।

    जान्ह्वी उमेरले २२ बर्ष पुगिन् । उनको बाल्यकाल मुम्बईमा बित्यो । उनले धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढिन् । पढाई पुरा गरेपछि उनले अभिनय सिक्न थालिन्, अमेरिकामा ।

    अमेरिकाको लस एन्जल्सस्थित स्ट्रासबर्ग थिएटर एन्ड फिल्म इन्स्टिच्युटमा अभिनयको कोर्स गरिन् । अमेरिकाबाट फर्केपछि उनले फिल्म ‘धडक’मा अनुवन्धित भइन् । यो फिल्मले उनको करियरलाई थप उचाईमा पुर्‍यायो ।

    अनलाइनखबर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रामनाथ अधिकारीले गरे निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...

    धादिङका एलिजर तामाङ संघीय चुनावमा उम्मेदवारी दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...