News Portal

जान्ह्वी कपूरको ग्ल्यामर अवतार

१२८६ पटक

आफ्ना जमनाकी सुपरस्टार श्रीदेवी अक्सर छोरी जान्ह्वीलाई डोहोर्‍याएर बलिउड इभेन्टहरुमा देखा पर्थिन् । श्रीदेवी चाहन्थिन्, छोरी पनि आफुजस्तै ग्ल्यामर उद्योगमा प्रवेश गरुन् । यद्यपी बद्नामी झेल्न नपरोस् । त्यही कारण उनी जान्ह्वीलाई आफ्नो नियन्त्रणमा राख्ने गर्थिन् ।

जान्ह्वीले पनि आमाकै पदचाप पच्छ्याउादैन बलिउडमा प्रवेश गरिन् । करण जौहरको फिल्म ‘धडक’मा उनलाई केन्दि्रय भूमिका मिल्यो । अपोजिटमा थिए, इशान खट्टर । यि बलिउड किड्सले डेब्यु फिल्ममा कस्तो काम गर्ने हो ? सर्वत्र कौतुहलता थियो । संभवत सबैभन्दा कौतुहलता आमा श्रीदेवीलाई थियो होला ।

तर, आफ्नै मार्गदर्शनमा अभिनेत्री बनेकी छोरीको फिल्म हेर्न पाइनन्, श्रीदेवीले । वैवाहिक कार्यक्रममा सहभागी हुन दुबई पुगेकी श्रीदेवीले त्यतीबेला प्राण त्याग गरिन्, जतिबेला छोरी जान्ह्वी ‘धडक’को छायांकनमा व्यस्त थिइन् ।

करियरको पूवार्द्धमा जान्ह्वीले असह्य चोट भोग्नुपर्‍यो । श्रीदेवीकी दुई छोरीमध्ये जान्ह्वी आमाको प्रिय थिइन्, कान्छी खुसी बुवाको । भनौं, जान्ह्वीको निम्ति आमा एक आमा मात्र नभएर सबथोक थियो । साथी, सहयोगी, मार्गदर्शक सबै ।

आमा गुमाइसकेपछि पनि जान्ह्वीले आफ्नो लय गुमाइनन् । जसै ‘धडक’ सार्वजनिक भयो, जान्ह्वीले आमाकै आदर्शलाई पालना गरेको पुष्टि भयो । आमाले आफुलाई भनेको कुरा जान्ह्वीले यसरी साझेदार गरेकी छिन् , ‘तिमीले फिल्ममा कस्तो भूमिका पाउाछौं, त्यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा त त्यो हो, उक्त भूमिकालाई तिमीले कसरी निर्वाह गर्छौं ।’ आमाको यही गुरुमन्त्रलाई आत्मसात गरे उनले आफ्नो चरित्रलाई प्राण दिइन् ।

आमाको मृत्युपछि उनले आमाको नाममा एक मार्मिक पत्र लेखेकी थिइन्, जसमा भनिएको थियो, ‘म आफ्नो छातीमा पीडादायक सून्यता महसुष गरिरहेको छु । मलाई थाहा छ कि अब मैले यस्तै रहन सिक्नुपर्छ । मलाई लाग्छ कि तपाईको दुख र पीडाले मेरो रक्षा गरिरहेको छ । जब म आाखा बन्द गर्छु, केवल राम्रो कुरा याद आउाछ । मलाई थाहा छ कि, तपाईंले नै यो सबै गराइरहनुभएको छ ।’

जान्ह्वी अहिले आफ्नो लयमा फर्किसकेकी छिन् । उनलाई विभिन्न बलिउड इभेन्टमा उन्मुक्त रमाइरहेको देखिन्छ । केही समयअघि ईशान खट्टरसाग उनको अफेयर रहेको चर्चा थियो । तर, अहिले उनीहरुबीच त्यस्तो हिमचिम देखिदैन । त्यसो त उनको नाम शिखर पहारियासाग पनि जोडियो । यी मिस्ट्री ब्वाईसाग अरु बलिउड स्टार किड्सको राम्रो मेलमिलाप देखिन्छ । शिखर मुम्बईका ब्यावसायी संजय पहारियाका छोरो हुन् । जान्ह्वी उनैसाग डेट गरिरहेको चर्चा चलेपनि त्यो अहिले मत्थर भइसकेको छ ।

जान्ह्वी उमेरले २२ बर्ष पुगिन् । उनको बाल्यकाल मुम्बईमा बित्यो । उनले धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढिन् । पढाई पुरा गरेपछि उनले अभिनय सिक्न थालिन्, अमेरिकामा ।

अमेरिकाको लस एन्जल्सस्थित स्ट्रासबर्ग थिएटर एन्ड फिल्म इन्स्टिच्युटमा अभिनयको कोर्स गरिन् । अमेरिकाबाट फर्केपछि उनले फिल्म ‘धडक’मा अनुवन्धित भइन् । यो फिल्मले उनको करियरलाई थप उचाईमा पुर्‍यायो ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...