News Portal

ब्रोकाउली खानुका १० फाइदा, यस्ता दिर्घालु रोगलाई निको पार्छ

हिमालीसंचार संवाददाता
५८८ पटक

काठमाडौँ। हाम्रो स्वास्थ्यको लागि फाइदाजनक तरकारी हो ब्रोकाउली। ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन्। ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ।

प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु पाइने ब्रोकाउलीको तरकारी नियमित खाएमा मुटुसँग सम्बन्धित रोग न्युनिकरण हुन्छ। त्यस्तै क्यान्सरबाट हुने खतरा पनि कम हुन्छ। ब्रोकाउलीको तरकारी नभए सलाद र सूप पनि बनाएर खान सकिन्छ।

यस्ता छन् ब्रोकाउलीका १० फाइदा :-

१) क्यान्सर रोकथामका लागि प्रभावकारी
ब्रोकाउलीमा शक्तिशाली एन्टिअक्सीडन्ट र एन्टी कार्सिनोजेन तत्व पाइने भएकाले स्तन, ग्रीवा र प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्‍याउँदछ।

२) प्रोटिनको राम्रो श्रोत
आधा क्यालोरीको साथ एक कप ब्रोकाउलीमा एक कप मकै वा चामल बराबरको प्रोटिन पाइन्छ।

३) प्रतिरक्षा स्वास्थ्य बढावा
एक कप ब्रोकलीमा बिटा क्यारोटीन, जिंक र सेलेनियमको ठूलो मात्रा पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउन सहयोग गर्दछ।

४) मधुमेहसँग लड्न मद्दत गर्ने
उच्च फाइबर र कम सुगर भएका कारण, इन्सुलीनलाई न्यूनतम मद्दत गर्दछ।

५) मुटु रोगीका लागि लाभदायक
ब्रोकाउलीमा पाइने क्यारोटीनोइड ल्युटिन, बी सिक्स, फोलेट र कम सुगरको मात्राले इन्सुलिनलाई नियन्त्रणमा राखी मुटु रोगको जोखिमबाट बच्न सकिन्छ।

६) हड्डीलाई स्वस्थ राख्न मद्दत गर्ने
ब्रोकाउलीमा थुप्रै दुग्ध उत्पादनहरू भन्दा बढी क्याल्सियम र भिटामिन के पाइने भएका कारण यसले हड्डी स्वस्थ्य राख्न मद्दत गर्दछ।

७) रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्ने
यसमा पाइने पोटासियम, म्याग्नेशियम र क्याल्सियमको मात्राले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ।

८) रुगा खोकीबाट बचाउने
ब्रोकाउलीमा पाइने भिटामिन सी जसमा एन्टीअक्सीडेन्ट र एन्टी इन्फ्लामेटरी गुण पाइने गर्छ। जसले रुघाखोकीबाट बचाउने गर्दछ।

९) यौन उर्जालाई बढाउने
शरीरको उच्चतम तौललाई घटाउनुका साथै यौन उर्जालाई पनि बढाउन मद्दत गर्दछ।

१०) भ्रुणका लागि फाइदाजनक
एक कपको ब्रोकाउलीमा ९४ एमसीजी फोलिक एसिड हुन्छ, जुन बी भिटामिनको श्रोत हो र जसले भ्रुणको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...