News Portal

  • धरानमा मतदान शुरु, मुक्सामहाङ मेन्याङबो (मुकेश) ले गरे मतदान (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १५९ पटक

    धरान – नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य मुक्सामहाङ मेन्याबो (मुकेश) ले धरान-१५ स्थित पुर्वाञ्चल ज्ञानचक्छु विधालय धरानमा विहान ७ बजे मतदान गरेका छन् ।

    वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. १  का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार मुक्सामहाङ मेन्याबो (मुकेश) ले मतदान गरेका हुन्। धरानका अन्य मतदान केन्द्रमा पनी मतदान भइरहेको छ। 

    यस अगाडी धरान-६ को स्कुल डाडामा मतदान गरेका उनले पुर्वाञ्चल ज्ञानचक्छु विधालय धरान -१५ स्थित मतदान केन्द्रबाट बिहान ७ बजे मतदान स्थल प्रवेश गरेका उनले पहिलो मत खसालेका हुन्। मतदान गरी सकेपछि प्रतिक्रिया दिँदै उनले सुनसरी क्षेत्र नं. १ का सबै वडाहरुमा अनुगमन गर्ने बताए।

    राष्ट्रिय राजनीतिमा महत्व राख्ने जिल्लाका रुपमा हेरिएको सुनसरी जिल्लाको निर्वाचन प्रतिनिधिसभा सदस्यमा केन्द्रिय स्तरका नेताको उम्मेदवारहरुको मनोनयनले पनी थप रोचक र प्रतिस्पर्धा हुने देखिएको छ। 

    सुनसरी क्षेत्र नं. ४ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको नेता एवम् संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा रहेका छन् । 

    त्यस्तै, सुनसरी क्षेत्र नं. १ मा गठबन्धनका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मुक्सामहाङ मेन्याङबो (मुकेश) प्रतिनिधिसभा सदस्यका उम्मदवार रहेका छन्। जनता समाजवादी पार्टी नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राई पनी चुनावी मैदानमा रहेका कारण राष्ट्रिय राजनीतिमा महत्वपूर्ण उपस्थिति राख्ने मन्त्री कार्कीदेखि विजय गच्छदारसम्म एवम् प्रदेशका मुख्यमन्त्री समेत भइसकेका आचार्यदेखि जसपा नेपालका संधीय परिसद् अध्यक्ष अशोककुमार राईसम्मको प्रतिस्पर्धाले सुनसरी जिल्लाको निर्वाचनको माहोल थप रोचक बनेको हो।

    त्यसो त नया ढंगले सुनसरी जिल्लाको राजनीतिक हाक्ने आटका साथ प्रतिस्पर्धी उम्मेदवारहरु पनी चुनावी मैदानमा उत्रिएका छन्। सुनसरी जिल्लाबाट विभिन्न राजनैतिक दलका शीर्ष नेताहरु प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा रहेका कारण जिल्लाको राजनीति थप सघन बनेको छ। बहालवला मन्त्रीदेखि पूर्व उपप्रधानमन्त्री र पूर्व मुख्यमन्त्रीसम्मका नेताहरु चुनावी मैदानमा रहेका छन् । सुनसरी जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी कुल २०९ जना उम्मेदवारहरु चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका रहेका छन्। 

    सुनसरी क्षेत्र नं. १ मा कुल मतदाता संख्या २ लाख १३ हजार ४ सय १८ रहेको छ । त्यस्तै, चार वटा प्रतिनिधिसभा सदस्यका निर्वाचन क्षेत्र रहेको सुनसरी जिल्लामा कुल ५ लाख ४४ हजार ९ सय ४१ मतदाता रहेका छन्।  

          

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal