News Portal

धरानमा मतदान शुरु, मुक्सामहाङ मेन्याङबो (मुकेश) ले गरे मतदान (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४०० पटक

धरान – नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य मुक्सामहाङ मेन्याबो (मुकेश) ले धरान-१५ स्थित पुर्वाञ्चल ज्ञानचक्छु विधालय धरानमा विहान ७ बजे मतदान गरेका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. १  का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार मुक्सामहाङ मेन्याबो (मुकेश) ले मतदान गरेका हुन्। धरानका अन्य मतदान केन्द्रमा पनी मतदान भइरहेको छ। 

यस अगाडी धरान-६ को स्कुल डाडामा मतदान गरेका उनले पुर्वाञ्चल ज्ञानचक्छु विधालय धरान -१५ स्थित मतदान केन्द्रबाट बिहान ७ बजे मतदान स्थल प्रवेश गरेका उनले पहिलो मत खसालेका हुन्। मतदान गरी सकेपछि प्रतिक्रिया दिँदै उनले सुनसरी क्षेत्र नं. १ का सबै वडाहरुमा अनुगमन गर्ने बताए।

राष्ट्रिय राजनीतिमा महत्व राख्ने जिल्लाका रुपमा हेरिएको सुनसरी जिल्लाको निर्वाचन प्रतिनिधिसभा सदस्यमा केन्द्रिय स्तरका नेताको उम्मेदवारहरुको मनोनयनले पनी थप रोचक र प्रतिस्पर्धा हुने देखिएको छ। 

सुनसरी क्षेत्र नं. ४ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको नेता एवम् संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा रहेका छन् । 

त्यस्तै, सुनसरी क्षेत्र नं. १ मा गठबन्धनका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मुक्सामहाङ मेन्याङबो (मुकेश) प्रतिनिधिसभा सदस्यका उम्मदवार रहेका छन्। जनता समाजवादी पार्टी नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राई पनी चुनावी मैदानमा रहेका कारण राष्ट्रिय राजनीतिमा महत्वपूर्ण उपस्थिति राख्ने मन्त्री कार्कीदेखि विजय गच्छदारसम्म एवम् प्रदेशका मुख्यमन्त्री समेत भइसकेका आचार्यदेखि जसपा नेपालका संधीय परिसद् अध्यक्ष अशोककुमार राईसम्मको प्रतिस्पर्धाले सुनसरी जिल्लाको निर्वाचनको माहोल थप रोचक बनेको हो।

त्यसो त नया ढंगले सुनसरी जिल्लाको राजनीतिक हाक्ने आटका साथ प्रतिस्पर्धी उम्मेदवारहरु पनी चुनावी मैदानमा उत्रिएका छन्। सुनसरी जिल्लाबाट विभिन्न राजनैतिक दलका शीर्ष नेताहरु प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा रहेका कारण जिल्लाको राजनीति थप सघन बनेको छ। बहालवला मन्त्रीदेखि पूर्व उपप्रधानमन्त्री र पूर्व मुख्यमन्त्रीसम्मका नेताहरु चुनावी मैदानमा रहेका छन् । सुनसरी जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी कुल २०९ जना उम्मेदवारहरु चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका रहेका छन्। 

सुनसरी क्षेत्र नं. १ मा कुल मतदाता संख्या २ लाख १३ हजार ४ सय १८ रहेको छ । त्यस्तै, चार वटा प्रतिनिधिसभा सदस्यका निर्वाचन क्षेत्र रहेको सुनसरी जिल्लामा कुल ५ लाख ४४ हजार ९ सय ४१ मतदाता रहेका छन्।  

      

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...