News Portal

कवि हेनसेन याक्खाको कविता “अब हामीले” वाचन (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५१७ पटक

नसा भित्र डुबेकालाई
नसा बाहिर ल्याउनुछ अब हामीले
बाटो बिराएकाहरूलाई
बाटो देखाउनुछ अब हामीले

साथीभाइको दबाबमा
कुलतमा लागेकालाई
साथ र आट दिएर
कुलतबाट छुटाउनुछ अब हामीले

तनाव र चिन्ता बोकी
दुर्व्यशनमा फसेकाहरूको
कालो मैलो भ्रमलाई
सबै मिली चिरिदिनुछ अब हामीले

आर्थिक स्वतन्त्रताले मातिएर
दुर्व्यशनको शिकार बनेकालाई
दुख र अभावको
परिचय दिनुछ अब हामीले

असफलताको कारण
दुर्व्यशनी बनेकालाई
कोशिसको महत्व
बुझाउनुछ अब हामीले
यस्तै यस्तै विविध कारण
समाजछाडी टाढा टाढा भाग्न खोज्नेहरुलाई
धेरै धेरै माया दिंदै यहि समाजमा
पुनर स्थापित गर्नुछ अब हामीले
करोडौको भिडमा पनि एक्लिनेहरूलाई
न्यानो न्यानो साथ र भरोसा दिनुछ अब हामीले

हेनसेन याक्खा
धरान-१६, सुनसरी, कोशी नेपाल

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...