News Portal

निगरानी दैनिकका सञ्चारकर्मी शर्मा सम्मानित

हिमालीसंचार संवाददाता
१७७ पटक

काठमाडौ – निगरानी दैनिक मिडियाको प्रधान सम्पादक जीवन खनाल (शर्मा) सम्मानित भएका छन्। शनिबार राष्ट्रिय नाचघरमा तिलक फिल्मस प्रालिको छैटौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले र मधेशी आयोगका अध्यक्ष डा. बिजय कुमार दत्तले भव्य समारोहका बीच शर्मालाई सम्मान गर्नु भएको हो।

सम्मानित भएपछि सञ्चारकर्मी शर्माले खुशी ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिका अध्यक्ष दिपक जोशीलाई धन्यबाद दिदै पत्रकारीता यात्रालाई उचाई तर्फ बढाउन यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

शर्माले संचारक क्षेत्र, मिडियाको शैक्षिक विकासका साथै विपत्तिमा परेका नेपालीको उद्धार गर्ने जस्ता सामाजिक सेवा क्षेत्रमा योगदान पुर्याएकोले सो योगदानको कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...