News Portal

निगरानी दैनिकका सञ्चारकर्मी शर्मा सम्मानित

हिमालीसंचार संवाददाता
२१४ पटक

काठमाडौ – निगरानी दैनिक मिडियाको प्रधान सम्पादक जीवन खनाल (शर्मा) सम्मानित भएका छन्। शनिबार राष्ट्रिय नाचघरमा तिलक फिल्मस प्रालिको छैटौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले र मधेशी आयोगका अध्यक्ष डा. बिजय कुमार दत्तले भव्य समारोहका बीच शर्मालाई सम्मान गर्नु भएको हो।

सम्मानित भएपछि सञ्चारकर्मी शर्माले खुशी ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिका अध्यक्ष दिपक जोशीलाई धन्यबाद दिदै पत्रकारीता यात्रालाई उचाई तर्फ बढाउन यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

शर्माले संचारक क्षेत्र, मिडियाको शैक्षिक विकासका साथै विपत्तिमा परेका नेपालीको उद्धार गर्ने जस्ता सामाजिक सेवा क्षेत्रमा योगदान पुर्याएकोले सो योगदानको कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...